Monday, May 19, 2014

नेपाली राहधानी बंगलादेशीलाइ बेच्ने गिरोह पक्राउ


५ जेठ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धानव्यूरो (सीआईबी) ले नेपाली राहदानी बंगलादेशी नागरिकलाई बेच्नेगिरोह पक्राउ गरेको छ । साउदी अरवबाट भिसा लगाएका पासपोर्ट बेचेको आरोपमा सीआईबीले म्यानपावर व्यवसायी पुर्णबहादुर मगर र कुमार पुरीलार्इ पक्राउ गरेको हो ।

देवीप्रसाद काफ्ले भने फरार छन् ।साउदी अरवको एएल यामाहा कम्पनीबाट फ्रि भिसा र फ्रि टिकटमा केएल इम्प्लोइमेन्टसिर्भिसले वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिएका १०० मध्ये २५
जना नेपालीको सक्कल पासपोर्ट एनसीएलइम्प्लोइमेन्टका देवीप्साद  काफ्ले र एएल जारिफा म्यानपावरका कुमार पुरीले
जिम्मा लिएका थिए ।

 उनीहरूले आरपी इन्टरनेशनलका पूर्णबहादुर मगरमार्फत बंगलादेश का मोहम्मद देलवार हसनलार्इबेचेको पाइएको सीआईबीले जनाएको छ ।
बंगलादेशस्थित साउदी दूतावासबाट कामदारभिषा लगार्इ वैदेशिक रोजगार विभागमा अन्तिम स्वीकृती लिन लागेको अबस्थामा काफ्ले र पुरीले पूर्णबहादुरसँग मिलेर राहदानीमा भएको फोटो परिवर्तन गरी बंगलादेशी नागरिकलाई साउदी अरव पठाउन बेचेका थिए । 

वेचिएका २५ थान राहदानी मध्ये११थान केएल इम्प्लोइमेन्ट पहलमा फिर्ता भएको र बांकी १४ थान अझै भेटिएको छैन ।
गत माघ २० गते कुमार पुरीले कमल सापकोटाबाटबुझेका २५ थान र अन्य ७ थान गरी जम्मा ३२ थान राहदानी होटेल द्धारिका को पार्किङस्थलमा रहेको बा ३ च ७२५६नम्बरको प्राईभेट कारबाट
चोरी भएको भनि महानगरीय प्रहरी वृत गौंशाला,काठमाण्डौंमा निवेदन दिएका थिए । तर,गाडी होटेलको पार्किङस्थलमा नभएको र कुनै गाडीबाट चोरीको घटना समेत नभएको पाइएको सीआईबी ले जनाएको छ ।




''
Download

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light