Friday, May 16, 2014

कार्यकर्ताले जलाए कमल थापाको पुत्ला


उदयपुर, जेठ २ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्लास्तरीय कार्यकर्ताले शुक्रबार पार्टी अध्यक्ष कमल थापाको पुत्ला दहन
गर्दै सामूहिक राजिनामा दिएका छन् ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा कोणसभाको आयोजना गरी उनीहरुले पार्टी अध्यक्ष थापाले जनताको अभिमतलाई कदर गर्न नसकेको भन्दै पुत्ला दहन गरेका हुन् ।
उनीहरुले पार्टी अध्यक्ष थापाको पछिल्ला क्रियाकलापबाट
राष्ट्रवादी शक्तिको मनोबल गिरेको भन्दै राजिनामा दिएका छन् ।

वैशाख २९ गते अध्यक्ष थापाल लेखेको लेखमा पार्टीको मर्म
विपरितका धारणा आएकाले पुत्ला दहन गर्द पार्टी छोडेको राप्रपा नेपाल सम्बद्ध महिला संघकी केन्द्रीय सदस्य पवित्रा गिरीले
जानकारी दिनुभयो ।
उनीहरुले जुन मुद्दाका लागि जनताले भोट दिए पार्टीले त्यही मुद्दा छोडेकाल पार्टीमा बस्नुको आचित्य नभएको बताएका छन् ।


''
Download

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light