फिल्म चलेपछि आर्यनले बल्ल फेरे लामो सास लगातार सिनेमा असफल भैरहँदा चकलेटी हिरो आर्यनसिग्देललाई तनाव भएको थियो।
एकपछि अर्को सिनेमाले विगत केही बर्षदेखि बक्सअफिसमा हावा खाइरहदा आर्यनको करिअरलाई लिएर पनि प्रश्न उब्जेको थियो । शुक्रबारबाट आफैले अभिनय तथा निर्माण गरेको चलचित्र ‘नोभेम्बर रेन’ले बक्स अफिसमा धमकेदार सुरुवात गरेपछि भने नायक आर्यन सिग्देलले लामो सास फेरेका छन् ।
फिल्म चलेको खबर सुने लगतैलामो सास फेर्दै आर्यनले भने, ‘अब ‘नोभेम्बर रेन’मा पोखिएको प्रेमको पानीले देश डुबाउँछ। आर्यन सिनेमाको प्रचारमा पनि व्यस्त छन् ।
यता निर्माता सुवास गिरी सिनेमाको व्यापारले खुबै खुशी छन् ।
शुक्रबारबाट देशभरका ६१ पर्दामा लागेको यो चलचित्रलेपहिलो दिनमा २०लाख बराबरको ग्रस कलेक्शन गरेको छ ।आज काठमाण्डौको गोपीकृष्ण हलमा ३ वटा पर्दालेदर्शक नथेगेपछि १२ सय पर्दाको ठूलो हल दिइएको छ।
पोखरामा पनि १२ सय पर्दाको श्रीकृष्ण सिनेमा घरमा चलचित्र लागेको छ । चलचित्रले शुक्रबार काठमाण्डौमा ९ लाख र मोफसलबाट ११ लाख कमाएको छ।
शुक्रबार काठमाण्डौको गोपिकृष्ण हलबाट २ लाख भन्दा उच्च छ। आज यसको डबल हुने पक्का छ । शनिबार फिल्मको अकुपेन्सी शतप्रतिशत देखिएको छ ।काठमाण्डौको अष्टनारायण हलबाट सिनेमाले शुक्रबार १ लाख २५हजार कमाएको छ । बुटवलमा सिनेमाको व्यापार नाई नभन्नु ल २ को भन्दा माथि देखिएको छ। यो चलचित्र सुन्धारामा हालै मात्र खोलिएको पहिलो पाँच तारे मल्टिप्लेक्स सिने द सेफमा पनि प्रदर्शनमा आएको छ । दर्शकको उच्च माग आएपछि शनिबारबाट उक्त हलमा शो दिइएको हो।
काठमाण्डौका वितरक सुनिल मानन्धरले नोभेम्बर रेनको व्यापारलाई अचम्मको भनेका छन् । आर्यन र नम्रताको जोडी पर्दामा दोहोरिनु व्यापारको मुख्य कारण बताइएको छ । धरानमा छायांकन भएको यो सिनेमा त्यहाँ भने लागेको छैन । धरानका पत्रकार अर्पण ढकाल ‘नोभेम्बर रेन’ लागेको भन्दै दर्शक हलसम्म पुगेर फर्किएको बताउँछन्।
सिनेमा नलागेका अधिकांश स्थानमा सोमबारदेखि प्रदर्शनमा आउने निर्माता सुवास गिरीले बता -बताए । धरानबाट सिनेमाले सर्वाधिक धेरै कमाउने विश्वास गरिएको छ । सिनेमाले आज हिजोको तुलानामा दोब्बर माथिको व्यापार गर्ने छनक देखाएको छ।
सिनेमाको कथावस्तु र प्रस्तुतीलाई सिनेमा हेर्ने अधिकांश दर्शकले उत्कृष्ट भन्दै सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङको त्रिकोणात्मक प्रेम कथालाई दर्शकले खुबै रुचाएका छन् ।सिनेमाको माउथ पब्लिसिटी राम्रो भएकाले पनि ‘नोभेम्बर रेन’ लामो समयसम्म हलमा चल्ने देखिएको छ ।
चलचित्रले सोमबारसम्ममा १ करोड माथिको ग्रस कलेक्शन गर्ने
छनक देखाएको छ ।

Post a Comment