Thursday, April 24, 2014

अस्पतालमा भर्ना गरेको बालकको सट्टा मृत बालिका दिए पछि,,

११ बैशाख, वुटवल,
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाले उपचारका लागि भर्ना गरेको बालकको सट्टा मृत बालिका अभिभावकको जिम्मा लगाएको छ।

रुपन्देहीको मर्चवार क्षेत्रका विद्या हरिजनले भीम अस्पतालमा जन्माएको छोरा नरोएपछि परिवारलेअपराहृन आम्दा अस्पताल मा भर्ना गरेका थिए।

अस्पतालले राति पौने १२ बजेतिर बच्चाको मृत्यु भएको भन्दै अभिभावकलाई शिशु जिम्मा लगाएको थियो।
विहान अन्तिम संकार गर्ने क्रममा अस्पतालले दिएको मृत शिशु
बालिका भएको थाहा भएपछि अस्पताललाई खबर गरे। सुरुमा अस्पतालले अस्वीकार गरेपनि परिवारले बच्चा जन्मिएको भीम अस्पतालको रेकर्ड देखाएपछि उपचारमा संलग्न चिकित्सकबाट
गल्ती भएको स्वीकार गरेको छ।

अस्पतालका अनुसार एनआईसीयूमामा हरिजनको बच्चासँगै गुल्मीबाट आएका परिवारको बच्चा भर्ना गरिएको थियो।
दुबैको अवस्था गम्भीर थियो।अस्पतालका निर्देशक विनोद पराजुलीले अनलाइनखबरसँग भने-’एनआईसीयूमा भर्ना भएको विरामी फाइल एक्सचेन्ज भएर यस्तो भएको रहेछ।

अस्पतालले बच्चा साटिएको भन्दै बालकको उपचार भइरहेको बताएको छ। उनको अवस्था समेत गम्भीर छ। बच्चा साट्न खोजेको त होइन भन्ने प्रश्नमा उनले भने-’त्यस्तो होइन। सबैको ध्यान उपचारतिरै गयो। फाइल साटिएछ, डाक्टरले पनि त्यही साइन गरेपछि बच्चा बुझाइएको थियो।’

साथै बच्चाको निःशुल्क उपचार गरिदिने भन्दै घटनाको छानविन गर्न समिति बनाएको छ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light