माओवादी र फोरमले भने- 'चुनावविरोधी होइनौं, वातावरण बन्नुपर्यो'
सरकारको विपक्षमा रहेका नेकपा- माओवादी र मधेसी जनअधिकार फोरमले आफूहरू निर्वाचनविरोधी नरहेको उल्लेख गर्दै उपयुक्त वातावरण बनेमा चुनावमा जान सकिने धारणा अघि सारेका छन् ।उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका एमाले अध्यक्ष झलनाथ खनालको पहलमा आइतबार भएको छुट्टाछुट्टै छलफलमा माओवादी र फोरमले आफ्ना सर्तहरू राखेका छन् । माओवादीले फागुन ३० मा भएको ११ बुँदे सहमति र संविधानको बाधा अड्काउ फुकाउ आदेश खारेज हुनुपर्ने सर्त अघि सारेको छ भने फोरमले उच्चस्तरीय राजनीतिक समितिको खारेजी, मन्त्रिपरिषद् अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने र बाधा अड्काउ फुकाउने क्रममा भएका असंवैधानिक कदम खारेज हुनुपर्ने अडान राखेको छ ।
'सार्वजनिक रूपमै भन्दै आएका छौं, त्यही कुरा फेरि पनि भनेका छौं, जुन अवधारणमा चुनावमा जाने कुरा गरिएको छ त्यो गलत हो,' बैठकपछि एमाओवादी सचिव देव गुरुङले कान्तिपुरसूग भने, 'अहिलको अवधारणा खारेज गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ ।' चुनावमा जानका लागि प्रधानन्यायाधीश नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने गुरुङले बताए ।'२५ बुँदे बाधा अड्काउ पनि खारेज हुनुपर्छ अनि मात्र अन्य कुरा हुन सक्छन्,' उनले भने, 'हामीले विकल्पको कुरा गरेका छौं तर उहाँहरूले विकल्पमा जान सकिने/नसकिने स्पष्ट गर्नु भएन ।' समसामयिक विषयमा द्विपक्षीय छलफल भने जारी रहने गुरुङले जानकारी दिए ।
फोरम अध्यक्ष उपेन्द्र यादवले संविधानसभाको चुनाव भएकाले सबैको व्यापक सहभागिता हुनुपर्ने र त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताए । 'निर्वाचनमा व्यापक सहभागिता हुनुपर्छ, त्यसका लागि उपयुक्त वातावरण अहिले छैन, वातावरण बनाएर मात्र चुनाव हुन सक्छ,' अध्यक्ष यादवले भने, 'चार पार्टीको सिन्डिकेट खारेज हुनुपर्छ, मन्त्रिपरिषद् अध्यक्षले सर्वोच्चबाट प्रधानन्यायाधीश पद छोड्नुपर्छ ।' उनले राजनीतिक समिति मान्य नरहेको उल्लेख गरे । फोरम नेतृत्वको मोर्चाले यसअघि सरकारसूग वार्ता गरेको थियो । त्यसमा चुनाव विरोधी नभएको उल्लेख गर्दै त्यसका लागि केही माग अघि सारेको थिए ।

Post a Comment