वैशाख १९ -
माओवादीले भ्रातृ संगठन वाईसीएलको नेवाः राज्य समितिको संयोजकबाट चन्द्रबहादुर थापालाई हटाएको छ । समितिको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले थापालाई हटाएर रामप्रसाद सापकोटालाई संयोजक बनाएको छ । सापकोटाको संयोजकत्वमा १ सय नौ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । उपत्यका संयोजक हुँदा थापाले 'बेरोजगार युवा संघ' गठन गरी पार्टी नीतिविपरीत काम गरेको आरोप छ ।
Post a Comment