बंगलादेशमा भवन भत्किएको १७ दिनपछि एक महिलाको जिवितै उद्दार गरिएको छ । रेश्मा नामकी ती महिलालाई दोस्रो तलाबाट उद्दार गरिएको बताइएको छ । उनलाई गम्भीर चोट नलागेको अधिकारीहरुले बताएका छन् । उद्दार कार्यमा जुटेकाहरुले ८ तले उक्त भवन भत्कदा मृत्यु हुनेको संख्या एक हजार नाघेको बताएका छन् । ५ वटा गार्मेन्ट उद्योग रहेको उक्त भवन राजधानीनजिकै साभारमा थियो । आज बिहान दोस्रो तलामा सिमेन्टको थुप्रे हटाउँदै गरेको सैनिकहरुले मलाई बचाउनुस् भन्दै महिला कराएको आवाज सुनेपछि सयौं सैनिकहरु जुटेर तुरुन्तै स्थान खाली गराएका थिए । उद्दारकर्ताले ती महिलालाई तुरुन्तै पानी र विस्कुट दिएका थिए । त्यसपछि फलामको रड काटेर उनलाई त्यहाँबाट निकालिएको थियो ।
उनलाई तत्कालै घटनास्थलभन्दा अलि परको आर्मी अस्पतालमा लगिएको थियो । उनी हिडडुल पनि गर्नसक्ने अधिकारीहरुले बताएका छन् । उनले आफू २ दिनदेखि भाकै रहेको बताएकी छन् । आफूले बस्नको लागि सुरक्षित ठाउँ पाएको उनलाई उद्दृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । उनले दुई दिन अघिसम्म आफूले बिस्कुट र ड्राइ फुड खान पाएको बताएकी छन् ।भवन भत्किएपछि भग्नावशेषमा प्रशस्त पानी र अक्सिन प्रवाह गरिएका कारण ती महिला जिवितै रहन सफल भएको उद्दारमा संलग्नहरुले बताएका छन् । गत नोभेम्बर महिनामा पनि गार्मेन्ट कारखानामा आगलागी हुँदा ११२ व्यक्तिको मृत्युभएको थियो । यतिखेरको यो गार्मेन्ट कारखानाको घटनाले सोही सम्झाएको छ ।बङ्गलादेशको टेक्सटाइल उद्योग २० अर्ब अमेरिकी डलर बराबर रहेको बताइन्छ भने यस उद्योगमा रहेको कमजोर सुरक्षा व्यवस्थाका बारेमा समय समयमा चिन्ता व्यक्त गर्ने गरिन्छ ।भत्किनु एक दिन अगाडि नै उक्त भवनमा चर्किएको अवस्थामा देखिएको त्यहाँ कार्यरत कर्मचारीले बताएको जनाइएको छ ।
Post a Comment