Tuesday, May 7, 2013

लोकमानको नियुक्ति रोक्न सकिन्नः देउवा

बैशाख २४ –
              नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले लोकमानसिंह कार्कीको नियुक्ति रोक्न नसकिने बताउनुभएको छ ।मंगलबार मकवानपुरको हेटौंडामा भएको कार्यक्रममा नेता देउवाले मुख्य चारै दलले कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्ने सहमति गरिसकेकाले अब नियुक्ति रोक्न नसकिने जिकिर गर्नुभयो । ‘चारैदल मिलेर कार्कीलाई अख्तियारमा सिफारिस गर्ने निर्णय गरेको हो’, मकवानपुरको रेडियो हेटौडा एफएमको सातौं वार्षिकोत्सव कार्य देउवाले भन्नुभयो, ‘अब यसलाई कुनैपनि हालतमा फिर्ता गर्न सकिँदैन ।’
अख्तियारमा कार्कीको सिफारिस राम्रो नराम्रो जे भएपनि निर्णय फिर्ता लिन नसकिने भन्दै देउवाले राष्ट्रपतिले नियुक्ति नगर्ने सम्भावना भने बाँकी रहेको बताउनुभयो ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light