६ जेठ,
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी निर्वाचनवाट आफ्नो पार्टी मुलुककै ठूलो पार्टी बन्ने दावी गर्नु भएको छ । खनालले आगामी निर्वाचनमा जनताले एमाओबादीलाई मात खुवाउँदै एमालेलार्इ प्रमुख पार्टी बनाउने दावी गर्नु भएको हो ।सहिद नेत्रलाल पौडेल अभागीको ३० औ स्मृति दिवसको अवसरमा सामेवार दाङको घोराहीमा आयोजित कार्यक्रममा उहाँले अघिल्लो निर्वाचनमा एमाओवादीले डर र धम्कि दिदै विदेशमा भएका तथा मरेका मानिसको नाम समेत मत हालेर जितेको आरोप लगाउनु भयो ।
खनालले एमाओबादी सहमतिबाट संविधान बनाउन भन्दा पनि ठुलो पार्टी भएको दम्भ प्रदर्शन गरेर जबरजस्त अगाडि बढ्ने खोज्ने पार्टी भएको टिप्पणि गर्नु भयो । खनालले माओबादीले भएका सहमतिहरु समेत भाड्न थाल्दा संविधान बन्न नसकेको समेत आरोप लगाउनुभयो । देशलाई अन्योलबाट मुक्ति दिन निर्बाचन नै उपयुक्त विकल्प भएकाले देशभर निर्बाचनको माहोल सृजना गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
- निमुसंगम घर्ती
निमुसंगम घर्ती
निमुसंगम घर्ती
Post a Comment