२६ वैशाख,
पहिलोपटक गरेको अल्ट्रासाउन्ड विश्वास नलागेपछि फेरि अल्ट्रासाउन्ड गराएका डा. चौधरीले छोरी नै भएको बताएकी थिइन् । त्यसपछि उनीहरु निराश हुँदै घर र्फकने तयारीमा थिए । तर, अस्पतालकै एक दलालले चन्द्रा र उनका परिवारजनलाई गर्भपतन गराउन सुझाव दिएका थिए । साढे पाँच हजारमा गर्भपतन गराउन तयार भएकी चौधरीले मंगलबार राति १ बजे गर्भपतन गर्न चन्द्रालाई शल्यक्रिया कोठामा बोलाइन । गर्भपतन गर्ने बेला चन्द्रासहित सासू चन्द्रकला पनि उपस्थित थिइन । गर्भपतन गरेर बच्चा बाहिर निकालेपछि चन्द्राको कोखमा छोरी नभएर छोरा भेटियो ।
निकालेको बच्चा छोरा भएको थाहा पाउनेवित्तिकै सासू चन्दकलाले डा. चौधरीलाई गालि गर्न थालिन् । गाली गर्दै उनीहरु बाहिर निस्कने वित्तिकै अस्पतालकै एक नर्सले बच्चाको लिंग काटिदिइन् । त्यसपछि उनीहरुले बच्चा छोरा नभई छोरी नै रहेको बताउन थालेको छ ।
Post a Comment