अकुत सम्पत्ति कमाएका थप २ सय ५० छानविनको दायरामा
६ जेठ
सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले अवैध रुपमा अकुत सम्पत्ति कमाएका थप २ सय ५० जनालाई छानविनको दायरामा ल्याएको छ ।स्रोत नखुलेको करोडौ रुपैयाँ जम्मा गरेका पाँच जना डनहरुविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको विभागले थप २ सय ५० जनाको कारोबारबारे अनुसन्धान भइरहेको जनाएको छ ।
विभागले पहिलो चरणमा अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेका १६ जनाका बारेमा एक वर्ष अघिदेखि अनुसन्धान शुरु गरेको थियो ।ती मध्ये ५ जनाको अनुसन्धान सकिएकोले मुद्दा दायर गरेको र बाँकीको अनुसन्धान भइरहेको विभागका निर्देशक विश्वप्रकाश सुवेदीले जानकारी दिनुभयो ।अहिले अनुसन्धान भइरहेकाहरुमा लाखौदेखि अर्बौ रुपैयाँसम्म गैरकानुनी रुपमा आर्जन गरेका ब्यक्तिहरु छन् । तर अनुसन्धान भइरहेकाहरुको अबैध सम्पत्ति कति छ भन्नेबारे अनुसन्धान टुङ्गिएर मुद्दा दायर गर्ने बेलामा मात्रै थाहा हुने सुवेदीले बताउनुभयो ।

आइतवार दायर सबै मुद्दामा सफलता पाउने दावी
सम्पत्ति शुद्धीकरण विभागले आइतवार बिशेष अदालतमा दायर गरेका सबै मुद्दामा सफलता पाउने दावी गरेको छ । मुद्दा दायर भएका पाँचै जनाको बारेमा गहिरो अध्ययन गरेर बलियो प्रमाण पेश गरेकोले अदालतको फैसलाले न्याय गर्ने निर्देशक सुबेदीले बताउनुभयो ।विभागले चर्चित डनहरु गणेश लामा, चक्रे मिलन, दीपक मनाङ्गे, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्ध विशेष अदालतमा आइतवार मुद्दा दायर गरेको छ ।
Post a Comment