१४ जेठ,
एमाओवादी अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईलाई भारतीय दलालको संज्ञा दिँदै सार्वजनिक भाषण गर्ने वैद्य नेतृत्वको नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूले भारतीय जासुसी संस्था रअका अधिकारीसंग भेटभाट हुने गरेको बताउनुभएको छ ।आफूले नेपालमै ‘रअ’लगायत अन्य अन्तरराष्ट्रिय निकायसँग भेटघाट गर्ने गरेको र यस्तो भेटघाट गर्नु कुनै ठूलो विषय नभएको विप्लवको भनाइ छ । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘यक्ष प्रश्न’मा नारायण पौडेललार्इ अन्तरवार्ता दिने क्रममा चन्दले रअका अधिकारीहरुसंगको आफ्नो भेटघाटलाई स्वाभाविक कार्य भएको प्रतिक्रिया दिनुभयो । यसअघि पार्टी फुट्ने बेलामा अर्का माओवादी नेता बादलले प्रचण्डले रअका मानिससँग भेटघाट गरेकोमा आपत्ति जनाउनुभएको थियो ।
‘रअ’का मान्छेसँग तपाईको भेट भएको हो भन्ने प्रश्नमा विप्लवको जवाफ छ- ‘नेपालमा भेट भएको सत्य हो । नेपालमा धेरैमान्छेसँग मेरो भेट भएको छ, को ‘रअ’को हो, को कुन पार्टीको हो, त्यो मलाई सरोकारको विषय भएन ।’ उहाँको भनाइ छ,-’मैले तपाईलाई सीधै भनेको छु, धेरै अन्तरराष्ट्रिय व्यक्तित्वहरुसँग मेरो कुराकानी भएको छ, त्यो कुन ठूलो कुरा भयो र ?’
भिडियो
भिडियो
Post a Comment