Tuesday, May 7, 2013

रेग्मी निवासमा राजनीतिक समितिको बैठक सकियो

२४ वैशाख, 
 मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको निवासमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भर्खरै सकिएको छ । राति साढे ९ बजेसम्म बसेको बैठकमा एमाओवादी नेता प्रचण्ड, डा. बाबुराम भट्टराई, एमाले नेता झलनाथ खनाल, माधवकुमार नेपाल, कांग्रेस नेता सुशील कोइराला र कृष्ण सिटौलाका साथै मधेसी मोर्चाका विजयकुमार गच्छदार र महन्थ ठाकुरको सहभागिता थियो ।
रेग्मीको पहलकदमीमा बोलाइएकोबैठकमा अख्तियार प्रमुखका लागि सिफारिस गरिएका लोकमानसिंह कार्कीका सम्बन्धमा छलफल भएको  र संवै्रधानिक परिषदले सिफारिस गरिसकेको अवस्थामा राष्ट्रपतिले त्यसलाई स्वीकृत गर्नुपर्ने अडान एमाओवादी नेताहरुले राखेको तर, बैठक कुनै निश्कर्षमा नपुगी टुंगिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
साथै बुधबार विहान सुशील कोइराला निवासमा एमाओवादी पदाधिकारी र कांग्रेस शीर्ष नेतावीच वार्ता हुने एमाओवादी अध्इक्ष प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिनुभयो ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light