Friday, May 24, 2013

प्रेमी भेट्न छोरा फाल्ने आमा

प्रेमी भेट्न छोरा फाल्ने आमा विरुद्ध मुद्धा

१० जेठ
          ११ महिनाको छोरालाई जंगलमा छाडेर प्रेमीसँग रात बिताउन जाने एक आमा विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।  एघार महिने छोरा भिष्म पौडेललाई  जङ्गलमा छाडेर प्रेमी भेट्न गएकी नवलपरासी जिल्लाको गैडाकोट– ३ की मीना पौडेल (परियार) का विरुद्ध पर्वत जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो । उनले मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जङ्गलमा गत मङ्गलबार दिउँसो ४ बजे छोरालाई छाडेर जिल्लाकै फलेवासमा प्रेमीसँग रात बिताउन गएकी थिइन् ।  जङ्गलमा फालेको २० घण्टापछि प्रहरीले आफन्तको सहयोगमा बच्चालाई जीवितै उद्धार गरेको थियो । 
     मीनाका विरुद्ध उनका श्रीमान् कृष्णबहादुर पौडेलले आफ्नो ११ महिने छोरालाई जङ्गलमा छाडेर मार्ने प्रयास गरेको जाहेरी प्रहरीमा दिएका छन् । प्रहरीले मीनालाई बुधबारनै पक्राउ गरी जिल्ला प्रहरीको कारागारमा राखेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि आजै अदालतबाट अनुसन्धानका लागि १० दिन म्याद थपेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले बताए ।
onsnews

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light