Saturday, May 11, 2013

पाकिस्तानमा मतदान सपन्न, मतगणना सुरु

२८ वैशाख,
                   छिटफुट हिंसाका बीच पाकिस्तानमा शनिबार संसद र प्रान्तीय एसेम्ब्लीको निर्वाचन सम्पन्न भएको छ । राष्ट्रिय र चार प्रान्तीय सभाका लागि मतदान भएको हो ।मानिसहरु ६ घण्टासम्म लाइनमा बसेर मत खसालेको बीबीसीले जनाएको छ । मतदान सकिएसँगै मतगणना सुरु भएको छ । मतदान प्रक्रिया जारी रहँदा कराँचीमा रहेको अवामी नेशनल पार्टीको कार्यालय बाहिर भएको विस्फोटमा ११ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणको तालिबानले जिम्मा लिएको छ । अफगानिस्तानसँग सीमा जोडिएको मतदान केन्द्रमा गोलाबारी हुँदा कम्तीमा १ जनाको मृत्यु भएको छ । पेशावर र बलूचिस्तानको बारखान क्षेत्रमा हिंसात्मक घटना भएको छ ।
                  जमाते इस्लामीले कराती र हैदराबादको चुनाव बहिस्कार गरेको छ भने मुत्तेहिदा कौमी मुभेमेन्टले चुनावमा धादली भएको आरोप लागएको छ । निर्वाचनको पूर्व संख्यामा तालिवानको हिंसात्मक आक्रमण बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । निर्वाचनका लागि ६ लाख सुरक्षाकर्मी तैनाथ गरिएको अधिकारीहरुले बताएका छन् । पाकिस्तानको लोकतान्त्रिक इतिहासमा नागरिक सरकारले पहिलो पटक ५ वर्षे कार्यकाल पूरापछि हुन लागेको यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
               चुनावमा राष्ट्रपति आसीफ अली जर्दारीको पाकिस्तान पिपुल्स पार्टी, नवाज शरीफको पाकिस्तान मुस्लिम लिग र पूर्व क्रिकेटर इमरान खानको पार्टी मुख्य प्रतिपर्धी हुने अनुमान छ । चुनाव अघि भएको मत सर्वेक्षणमा भने कुनै पनि दलले बहुमत नलयाउने र गठवन्धन सरकार बन्ने संकेत देखाएको छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light