Sunday, May 19, 2013

गर्मीमा कसरी रहने ‘कूल’ र ‘हेल्दी’ ?

hotगर्मीमा कसरी रहने ‘कूल’ र ‘हेल्दी’ ?
           
          अहिले गर्मीको मौसम छ । गर्मीको मौसममा विभिन्न खालका स्वास्थ्य समस्या झेल्नुपर्छ । यो समयमा रोग सार्ने किटाणुहरु पनि सक्रिय हुन्छन् । साथै गर्मीमा डिहाइड्रेसन, छालाको रोग जस्ता विभिन्न खालका समस्या पनि भोग्नुपर्छ ।गर्मी महिनामा सरीरलाई शितल पार्न विभिन्न उपाय अपनाइन्छ । पंखा लगाएर होस् वा एयर कण्डिसनर । तर केही त्यस्तो घरेलु टिप्स छन् जसले तपाइँलाई सजिलै शितलता प्रदान गर्छ, साथै गर्मीमा हुने विभिन्न खालका स्वास्थ्य समस्याबाट बँच्न पनि सहयोग गर्छ ।
  1.  सफा चिसो पानीले छालालाई ताजा तथा स्वस्थ राख्न मद्दत गर्छ । यदि तपाइँले कामको थकान महसुस गर्नुभएको छ र दौडधुप गरेर आउनुभएको छ भने अनुहार चिसो पानीले धुनुहोस् । त्यसले तपाइँलाई शितलता प्रदान गर्ने मात्र होइन किटाणु तथा धुलोका कणलाई पनि पखाल्छ ।
  2.  चन्दनको लेप, तुलसीको पातको लेदो तथा गुलाव जस्ता प्राकृतिक वस्तु अनुहारमा लगाउनाले शितल हुन्छ ।
  3.  अनुहारमा घमौरा आएको छ भने तुलसी र निमको पात पिँधेर लेदो बनाएर लगाउनुहोस् । गुलाबको फूलका पत्तीलाई पानीमा    मिलाएर उक्त पानीले अनुहार धुनुहोस् । त्यसले छालालाई मुलायम बनाउँछ ।
  4.  हरियो धनियाको पातलाई केहीबेर पानीमा भिजाउनुहोस् अनि मज्जाले पानीमै पिँध्नुहोस् । त्यसपछि त्यसलाई छान्नुहोस् र छानेर आएको पानीमा केही चिनी मिलाएर पिउनुहोस् । यसले गर्मीबाट राहत मिल्छ ।
  5. गर्मीमा भिटामिन ए युक्त फलफूल, हरियो सागपात तथा भिटामिन सी युक्त अमिला फलफूल सेवन गर्नुहोस् ।
  6.  नरिवलको पानी प्रसस्त मात्रामा पिउनु गर्मीको महिनामा निकै लाभदायी मानिन्छ ।
  7.  कागतीको रस र चिनी शुद्ध पानीमा मिलाएर खाँदा सरीरमा उर्जा प्राप्त हुने मात्र होइन शितलता पनि प्राप्त हुन्छ । साथै गर्मी याममा पुदिनाको अचार खानु निकै हितकर मानिन्छ ।
  8. गर्मी याममा सरीरबाट धेरै पसिना आउने भएकाले दिनहुँ सरीर नुहाउनुपर्छ । नत्र दुर्गन्ध तथा इन्फेक्सनको डर हुन्छ ।
  9.  पचाउन गाह्रो पर्ने तथा सरीरमा गर्मी पैदा गर्ने खानेकुरा नखानु नै बेस हुन्छ ।
  10. चर्को घाम लागेको बेला बाहिर धेरैबेर नहिँड्नु बेस हुन्छ । हिड्दै परे छाता ओढ्नु तथा टाउको छोप्ने    रुमाल, टोपी, पछौरी जस्ता कपडा लगाउनु राम्रो हुन्छ ।
  11.  गर्मीमा डिहाइड्रेसनको जोखिम बढि हुने भएकाले प्रसस्त पानी र अन्य तरल पदार्थ खानुपर्छ ।
            onlinekhabar

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light