Thursday, May 2, 2013

फेरि पनि १८ वर्षीया युवतीलाई सामूहिक बलात्कार

स्याङ्जा -  १९ बैशाख,
दक्षिणपूर्वी साँखर गाविसकी एक १८ वर्षीया सामूहिक बलात्कारको सिकार भएकी छन्। बुधबार राति मोटरसाइकलमा आएका चार युवाको समूहले आफूलाई बलात्कार गरेको पीडित युवतीले जानकारी दिएकी छन्। दुई वटा मोटरसाइकलमा आएका युवाले साँखर गाविस–८ स्थित सालघारीमा लगेर बलात्कार गरेको युवतीलाई उद्धृत गर्दै स्थानीय उद्धारकर्ता गोविन्द गैह्रेले जानकारी दिए । युवतीको यौनाङ्ग, टाउको, घाँटीसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। राति ९ बजेको समयमा सालघारीभित्र रोइरहेको सुनेपछि बटुवाले स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि युवतीको उद्धार गरिएको अस्थायी प्रहरी चौकी साँखरका प्रमुख सोमबहादुर कुमालले जानकारी दिए ।
                       उनको अहिले पाल्पा मिसन अस्पतामा उपचार भइरहेको छ। बलात्कारमा संलग्न युवा भने फरार रहेका र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । समय समयमा बर्बराउने युवती कहिले होसमा आउने त कहिलो बेहोस हुने गरेको आफन्तले बताएका छन्। सामान्य बिरामी भएकी युवती पाल्पाको रामपुर अस्पतालमा उपचार गराएर फर्किने क्रममा बलात्कारमा परेको परिवारजनले जनाएका छन्। रासस

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light