सिन्धुपाल्चोकमा बस खस्दा १५ को ज्यान गयो
जेठ १५–
(अपडेट) सिन्धुपाल्चोकमा विहान भिरबाट बस खस्दा १५ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको भोताङबाट काठमाडौंका लागि छुटेको बा २ ख ३६ ४५ नम्बरको बस थाङपालधाप गाविस २ को फ्याफुल्ला डाँडाको सल्लेरी भिरबाट खस्दा अन्य ४४ जना घाइते भएका नेपाली सेनाले जनाएको छ । ज्यान गुमाउनेमा थाङपालकोट ५ का मिथु सापकोटा, थाङपालकोट ३ का सबिना पण्डित, थाङपालकोट ६ का धने भनिने मिङ्मा तामाङ र रणबहादुर पण्डित, घोताङका शेरबहादुर तामाङ, घोताङ २ का सिङ तामाङ र सेलेन लामा, बरुवाका मेन्दू तामाङ र गुन्सा ८ का छोटे तामाङ रहेका छन् ।
अरुको भने सनाखत हुन सकेको छैन ।
घाईते सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । कच्ची र हिलो सडक भएका कारण दुर्घटना भएको अनुमान गरिए पनि एकिन कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी निरिक्षक नवराज खड्काले जानकारी दिनुभयो ।

Post a Comment