Saturday, May 25, 2013

को मूल घरमै फर्कन्छन् त ?

को मूल घरमै फर्कन्छन् त ?
    १२  जेष्ठ,
     काठमाडौँ- एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'ले मूल घर छोडेर बाहिरिएकाहरू एक दिन पुनः मूल घरमै फर्कने दावी गरेका छन्। एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा योजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी फुटाएर केही समय बाहिर रहेकाहरू पुनः पार्टी मै फर्कने बिश्वास ब्यक्त गरे।उनले पार्टी छोडेर नयाँ पार्टी गठन गरेका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसमेत कुरा बुझेपछि एमाओवादीमै फर्कने बताए।

अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनको केन्द्र एमाओवादी भएको र १० वर्षे जनयुद्ध कालमा नेपालमा एउटा मात्र कम्युनिस्ट केन्द्र बनाउने सपना देखेको र सो सपना केही समयपछि पूरा हुने बताए।

'पूरानै तरिकाले क्रान्ति सम्पन्न गर्ने भन्ने कुरा वस्तुगत र व्यावहारिक पनि हुन सक्दैन ' एमाओवादी अध्यक्ष दाहालले भने,' नेपालको आफ्नै मौलिकतामा क्रान्ति सम्पन्न हुन्छ र पार्टीले युद्धकालिन अवस्थामा सोचेको एउटै कम्युनिस्ट केन्द्र बन्ने सपना समेत पूरा हुन्छ।'

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light