Friday, May 17, 2013

अध्ययन भन्छ : गाँजाले घटाउँछ मधुमेहको जोखिम

अध्ययन भन्छ : गाँजाले घटाउँछ मधुमेहको जोखिम
1
             नियमित रुपमा गाँजाको धुवाँ तान्ने मानिसमा मधुमेहको जोखिम कम हुने एक नयाँ अध्ययनले देखाएको छ ।गाँजा खाने व्यक्तिको सरीरमा इन्सुलिन हर्मोनको मात्रा सन्तुलित हुने र त्यसले रगतमा चिनिको मात्रा नियन्त्रण गर्ने अध्ययनको निष्कर्ष छ । यो अध्ययनको निष्कर्ष प्रारम्भिक अवस्थामा रहेको र यसको थप पुष्टि भैसकेपछि गाँजामा पाइने रसायन टेट्राहाइड्रोक्यानाबिनोल अर्थात् टिएचसीलाई मधुमेहको उपचारमा प्रयोग गर्ने मार्ग प्रसस्त हुने शोधकर्ताहरुको भनाइ छ ।
               अमेरिकन जर्नल अफ मेडिसिनमा छापिएको उक्त अध्यननको खबर अनुसार नियमित रुपमा गाँजा सेवन गर्ने मानिसमा मधुमेहको जोखिम कहिल्यै गाँजा सेवन नगर्ने मानिसमा भन्दा १६ प्रतिशतले कम हुन्छ । गाँजा सेवन गर्ने मानिसको भुँडी पनि सानो हुने र यसले मोटोपन घटाउने शोधकर्ताहरु बताउँछन् । गाँजा परम्परागत औषधिको रुपमा दुखाइ कम गर्न तथा विभिन्न खालका आँखाको रोग तथा क्यान्सर लगायतको उपचारमा पनि प्रयोग गरिन्छ ।
            अमेरिकाको अनुसन्धानमूलक संस्था पिउ रिसर्च सेन्टर फर पिपुलले गरेको अध्ययनमा ४ हजार ६ सय ५७ जना मानिसको तथ्यांक समावेश गरिएको छ ।
onlinekhabar

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light