क्यान्सर एक असाध्य तथा खतरनाक रोग हो । शरीरका कोषहरुको अनियन्त्रित वृद्धि भयो भने क्यान्सर हुन्छ । क्यान्सरको एकिन उपचार अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यद्यपि यसको आंशिक उपचारमा विभिन्न विधिहरु अपनाउने गरिएको छ । त्यसैले क्यान्सर लाग्नै नदिन सजगता अपनाउनु आवश्यक हुन्छ । आफ्नो दिनचर्या तथा खानपानमा विशेष ध्यान दिने हो भने क्यान्सरको खतराबाट केही हदसम्म जोगिन सकिन्छ ।हरियो सागपातको नियमित सेवनले पेटको क्यान्सर लगायतको जोखिम कम गर्छ । फूल गोभी, ब्रोकाउली तथा बन्दा लगायतका तरकारीमा क्यान्सर प्रतिरोधी गुण हुन्छ जसको सेवनबाट सरीरमा घातक क्यान्सरसँग लड्ने क्षमता विकाश हुन्छ । विभिन्न अध्ययनहरुले यो कुराको पुष्टि गरिसकेका छन् । हरियो सागपात तथा तरकारीहरुमा पाइने विभिन्न लवण, फाइबर तथा भिटामिन लगायतका केही त्यस्ता फाइटोकेमिकल्स सरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्नमा सहयोगी हुन्छन् । हरियो सागपातमा पाइने सल्फोफेन नामक तत्वले एचडीएसी नामक इन्जाइमको सश्लेषण कम गर्ने र क्यान्सर प्रतिरोधी इन्जाइमको उत्पादन बढाएर एक क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्ने विज्ञहरु बताउँछन् ।
विज्ञहरुका अनुसार सल्फोरेफेन नामक तत्वले क्यान्सर कोशिकाहरुको वृद्धि तथा फैलावट नियन्त्रण गर्दछ । सरीरमा हुने डिएनए मिथाइलेसन नामक रासायनिक प्रतिक्रियाको माध्यमबाट जिनका केही भागमा प्रभाव स्थापित गरी कोशिकाहरुको कार्यप्रणाली सन्तुलित गर्ने तथा क्यान्सर कोषको विकाश रोक्ने काम गर्छ । त्यसकारण हरियो सागपातको नियमित तथा यथेष्ट सेवन क्यान्सर लगायतका विभिन्न खाले रोगको खतरा कम गर्न अति महत्वपर्ूण्ा हुन्छ ।हरियो सागपात तथा रेशादार खानेकुराको नियमित भोजनले स्तन क्यान्सर, रक्त क्यान्सर जस्ता खतरनाक क्यान्सरको खतरा पनि कम गर्छ । थाहा पाउनैपर्ने कुरा के छ भने, यस्ता सागपात पकाउँदा धेरैबेर पकाउनु भने हुँदैन । धेरै पकाइयो भने त्यसमा भएको भिटामिन सी तथा फोलेट जस्ता उपयोगी तत्व नास हुन्छन् ।
केवल हरियो सागपात मात्र होइन केही रेशादार खाद्यपदार्थहरु पनि क्यान्सर प्रतिरोधी गुणले युक्त हुन्छन् । अदुवाले रगतमा सुगरको मात्रा घटाउँछ, लसुनलेे रगतमा चिल्लोको मात्रा घटाउँछ भने बेसारले सुजन नियन्त्रण गर्न सघाउ पुराउँछ । यावत् पदार्थहरु हाम्रो दैनिक भोजनमा यथेष्ट मात्रामा समावेश गर्ने हो भने क्यान्सर जस्ता असाध्य रोगका साथै अरु विभिन्न खाले स्वास्थ्य समस्याको जोखिम पनि कम हुने कुरा क्लिनिकल एपिजेनेटिक्स जर्नलमा छापिएको छ

onlinekhabar
Post a Comment