Thursday, May 16, 2013

आँधीको खतराले लाखौं विस्थापित

आँधीको खतराले लाखौं विस्थापित

२जेठ ,
                  महासेन नामको सामुद्रीक आँधीको खतरा बढेपछि बंगलादेश, भारत र म्यानमारको तटीय क्षेत्रका लाखौं नागरिक बिस्थापित भएका छन् ।बंगलादेशमा मात्रै १० लाख जनाले आफ्नो घर छोडेका छन् ।संयुक्त राष्ट्रसंघले आँधी आउने सम्भावना कम हुँदै गएपनि बंगलादेश, म्यानमार र पूर्वोत्तर भारतका ८२ लाख मानिस खतरामा रहेका जनाएको छ ।तीनवटै देशले तटीय ईलाकाका आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिसकेका छन् । बंगालको खाडीबाट उत्तरपूर्वतिर बढिरहेको आँधीका कारण बंगलादेशको तटीय क्षेत्रमा दुई मिटर अग्लो लहर उठ्न सक्ने चेतावनी दिइएको छ ।
             सुरक्षाका कारण बंगलादेशको चिटगाँव र कक्स बजारको विमानस्थल बन्द गरिएको छ । म्यानमारमा एक लाख ५० हजार जनालाई अग्लो र सुरक्षित ठाउँमा सारिएको छ ।
       श्रीलंकामा आँधी नआएपनि भारी वर्षापछिको बाढी पहिरोमा परी सात जनाको ज्यान गएको छ ।
ujyalo 

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light