Tuesday, May 14, 2013

सुत्नुअघि मदिरा पिउनु हानिकारक

सुत्नुअघि मदिरा पिउनु हानिकारक

     बेलायतमा गरिएको एक अनुसन्धानबाट मदिरा सेवन गर्नाले छिटो निदाउन सहयोग पुर्याए पनि त्यसले रातको गहिरो निद्रा बिथोल्ने तथ्य पत्ता लागेको छ । मदिरा सेवनले सुरुमा गहिरो निद्रामा धकेले पनि यसले सपना देख्ने बेलाको मीठो निद्रामा भने गडबडी ल्याउने गरेको लन्डन स्लीप सेन्टरको टोलीले गरेको अनुसन्धानमा जनाइएको छ । साथै मदिरा पिएर सुत्नेहरूलाई इन्सोम्निया हुन सक्ने सम्भावना पनि अधिक हुन्छ ।  
                 डा. इर्साद इब्राहिमसहितको सो अनुसन्धान टोलीले केही नर्सिंङ होम र अस्पतालमा अल्कोहल सर्भ गर्ने चलनको पनि विरोध गरेको छ । अनुसन्धानकर्ताका अनुसार सुत्ने बेलामा नियमित रक्सी पिउनेहरू धेरै होसियार हुनुपर्छ । यदि पिउने बानी नै परेको छ भने सुत्नुभन्दा डेढ–दुई घन्टाअगाडि मात्र पिउनुपर्छ । यसले गर्दा सुत्ने बेलासम्म रक्सीको मात घटिसकेको हुन्छ । निद्राका लागि रक्सीमा निर्भर भइसकेकामध्ये नघुर्ने छन् भने घुर्न थाल्ने र पहिलेदेखि नै घुर्ने गर्छन् भने उनीहरूको श्वासप्रश्वासमा बाधा पुग्ने गरेको पाइएको छ । सुत्नुअघिको मदिरा सेवनले निद्रामा हुने आँखाको चाललाई अवरोध पुर्याउँछ । यसले गर्दा आँखामा जलविनियोजन भई निद्रा खुल्ने पनि बताइएको छ ।
sadhana

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light