Monday, May 13, 2013

पाकिस्तानमा आत्मघाती कार बम विस्फोट, ६ को मृत्यू

पाकिस्तानमा आत्मघाती कार बम विस्फोट, ६ को मृत्यू
बैशाख ३०,
                      पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाती कार बम विस्फोटमा ४ जना प्रहरी सहित कम्तिमा ६ जनाको ज्यान गएको छ । ४५ जना घाइते भएका छन् ।बलुचिस्तान प्रान्तका प्रहरी प्रमुख मुशताक सुखेराको घरमा कार बम विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा १२ जना प्रहरी पनि घाइते भएका छन् ।प्रहरी प्रमुख भने सुरक्षित रहेका त्यहाँको प्रहरीले जनाएको छ । 
                    तर उहाँका घरमा सुरक्षाका लागि तैनाथ गरिएका ४ जना प्रहरी भने मारिएका समाचारमा उल्लेख छ ।घाइतेहरुको थप उपचारका लागि क्वेटामा रहेको सैनिक अस्पतालमा रिफर गरिएको छ । घाइते केहिको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ ।घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पाकिस्तान सरकारले घाइतेहरुलाई राम्रो चिकित्सा सेवा पु¥याउन अस्पताल प्रशासनलाई निर्देशन दिएको छ ।

- एजेन्सी  

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light