Friday, May 24, 2013

तालिबानी आक्रमणमा चार नेपाली घाइते

तालिबानी आक्रमणमा चार नेपाली घाइते
  ११ जेष्ठ,
             काबुल- अफगानिस्तानको काबुलस्थित युएन कार्यालय अगाडि भएको तालिबानी आक्रमणमा परी चार जना नेपाली घाइते भएका छन्। आत्‍मघाति कार आक्रमणमा परी उनीहरु घाइते भएका हुन्। उनीहरु चारै जना सुरक्षा गार्ड रहेको जनाइएको छ। उनीहरुसहित कम्तिमा १८ जना घाइते भएको समाचार एजेन्सी अल्जेजिराले जनाएको छ। घाइतेहरुको नाम भने अझैसम्म खुलेको छैन।
                  शुक्रबारमात्र अफगानिस्तानमा चार पटक आत्मघाति बम विष्फोट र बन्दुकधारी समूहले आक्रमण गरेका थिए। आक्रमण परी एक प्रहरी अधिकारी तथा एक जना बन्धुकधारीको मृत्यु भएको जनाइएको छ। तालिबानी समूहले पश्चिमी शासनविरुद्ध कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनीहरुले इस्लामिक शासन चलाउनुपर्ने माग राख्दै आक्रमण गरेको समाचार एजेन्सीले जनाएको छ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light