Sunday, May 5, 2013

इतिहास रच्दै नेपाल पहिलो पटक डिभिजन टू मा प्रवेश फाइनलमा युगाण्डालाई हरायो


बैशाख २३ गते
प्रतियोगिताको फाइनलमा आज नेपालले युगाण्डालाई ५ विकेटले हराएको छ ।बर्मुडाको सेन्ट डेभिडमा युगाण्डाले टस जितेर ब्याटिंग रोजेपछि युगाण्डाले १५१ रन बनायो । १५२ रनको लक्ष्य नेपालले ३९.२ ओभर खेलेर ५ विकेटको क्षतिमा पूरा गरेको हो । उकालो लाग्दै गरेकोनेपाली क्रिकेट टिम पहिलो पटक आइसीसी डिभिजन टू मा प्रवेश गरेको छ । बर्मुडामा जारी डिभिजन थ्रीको शनिवार भएको खेलमा ईटालीलाई भारी अन्तरले हराएसंगै नेपालले इतिहास रचेको हो । शनिवार भएको खेलमा इटलीमाथि गणितिय हिसावमा आवश्यक अन्तरको जित र अमेरिका बर्मुडासँग नेपाललाई आवश्यक पर्ने अन्तरको अधारमा पराजित भएपछि नेपाली क्रिकेट टिमले आगामी सन् २०१४ मा न्यूजिल्याण्डमा हुने विश्वकप छनौटमा ठाउँ बनाउन सफल भएको छ ।६ टिम सहभागी रहेको डिभिजन थ्रीका अमेरिका र युगाण्डासंग भएका दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका सबै तीन खेलमा लगातार सानदार जीत हाँसिल गरेको थियो । लिगको अन्तिम खेलमा शनिवार राति नेपालले इटालीलाई ८ विकेटले हराएको थियो ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light