Thursday, May 16, 2013

गौर अस्पतालमा प्रशासनको पुन: छापा, थप ५३ फाइल नियन्त्रणमा

२ जेठ,
             रौतहट प्रशासनले आफ्नो छानबिनलाई अझ कडा बनाउँदै पुनः जिल्ला अस्पताल गौरको फाइलहरु नियन्त्रणमा लिएको छ। जिल्ला अस्पताल गौरले नियम प्रक्रियालाई मिचेर अवैध रुपमा ८३ जनालाई विभिन्न पदमा नियुक्ति दिने कार्यविरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटले पुनः बुधबार अस्पतालमा छापा मारी गरी अनुसन्धान कार्य प्रकृया अगाडि बढाएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले दोस्रोपटक पुन: गौर अस्पतालमा छापा मारेर थप ५१ फाइल नियन्त्रण लिइनियुक्ति दिने कार्यमा संलग्न कर्मचारीसँग बयान लिने कार्य सुरु गरेको स्रोतले जनाएको छ। प्रशासन गम्भिर भएर छानबिन प्रकृयामा गएपछि अनियमित काम गर्नेको सातो उडेको छ।विभिन्न सञ्चार माध्यममा अनियमितताको खबर आएपछि स्थानीय प्रशासनको ध्यान यसतर्फ केन्द्रीत भएको थियो। प्रशासनले पहिलो पटक छापा मार्दा ३२ वटा फाइल नियन्त्रणमा लिएको थियो तर अनुसन्धान गर्दै जाँदा थप रहस्य खुल्न थालेपछि दास्रोपटक पुन: छापा मारेर थप ५३ वटा फाइल नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायव सुब्बा ललितकुमार झाले बताए। 
            नियन्त्रणमा लिइएका फाइलहरुको प्रारम्भिकरुपमा अध्ययन गर्दा नियम संगत कार्य नगरी तत्कालLन अस्पताल प्रमुख डा. अखिलेश सिहले ५४ जना अहेव, २४ जना अनमी, दुई जना भ्याक्सिनेटर, एक जना ल्याव अशिष्टेण्ट र दुई जना स्वीपर गरी ८३ जनालाई अवैध रुपमा नियुक्ति गरेको थियो। जिल्ला अस्पताल प्रमुखको रुपमा आए पछि सिंहले मनोमानी तरिकाले अवैध नियुक्ति गर्दै रकम कुम्ल्याएका थिए। सबै नियम कानूनलाई पाखा लाउदै सिंहले आर्थिक प्रलोभनमा व्यापक कर्मचारी भर्ना गरेका थिए। रौतहट पछि वीरगंज अस्पताल प्रमुख भएर काजमा जादा उनले त्याहा पनि ४२ कर्मचारी भर्ना गर्दै लाखौको ब्रह्मलुट नै मच्चाएका थिए। वीरगंजमा अवैध रुपले कर्मचारी भर्ना गरेपछि अख्तीयार दुरुपयोग तथा अनुसन्धानले छानबिन गर्दै गर्दा पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतोको भनसुनका आधारमा फेरिउनी लुट मच्चाउन रौतहट छिरेका थिए। सिंहले रौतहटमा नियुक्ति गरेका कर्मचारीको कुनै कागजाता तथा भर्ना प्रकृयासँग सम्बन्धीत रेकर्डहरु उपलब्ध नभएको प्रशासनले नियन्त्रणमा लिएका फाइलहरुले देखाएको छ।
              अवैध नियुक्ति गर्ने कार्यमा प्रमुख भुमिका निभाएर संलग्न रहेका गौर अस्पताल प्रशासन फाँटका सुब्बा जवाहर यादवलाई यस कार्यालयमा झिएकार वयान लिन कार्य जारी रहेको जानकारी दिदै नायब सुब्बा झाले अवैध नियुक्ति गर्नमा संलग्न कर्मचारीहरु संग वयान लिने कार्य भइरहेको। फाइलहरुको अध्ययन गरी दोषी व्यक्तिहविरुद्ध आवश्यक अनुसन्धान तथा छानबिन कडाइका साथ भइरहेको उनले बताए। अस्पतालका तत्कालिन प्रमुख तथा हाल मेडिकल अधिकृतको रुपमा रहेका सिंह अस्पतालमा छापा परेपछि मौखिक आधारमा चार दिनको विदामा जिल्ला बाहिर रहेको अस्पताल श्रोतले बतायो। राजपत्रांकित द्धितिय श्रेणीका कर्मचारी डा. सिंहसंग बयान लिन अधिकार प्रजिअलाई नभएकोले निज संग आवश्यक अनुसन्धान गर्नका लागि श्रेत्रीय प्रशासन कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
              प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरले फाइलहरुको प्रारम्भीक अध्ययनबाट नियम प्रक्रियालाई मिच्दै अस्पतालमा गरिएको नियुक्ति प्रक्रिया विरुद्ध हाम्रा कर्मचारीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट नियुक्ति गर्नमा संलग्न रहेका कर्मचारीहरुलाई पालै पालो गरी बयानकालागि प्रशासन कार्यालयमा झिकाउने उनले बताए। 'नियुक्ती प्रकृया संकास्पद छ। हामी छानबिनमा छौ,' प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, 'नियम कानुन मिचेर कोही अघि बढनु हुँदैन। दोषीदेखिए कारबाहीका लागिसिफारिस गछौं।' यता जिल्ला अस्पताल प्रशासन फाँटका सुब्बा जवाहर यादवले कार्यालय प्रमुखको आदेश अनुसार आमा सुरक्षा कार्यक्रम र खोप कार्यक्रमका लागी केन्द्रीय बजेट अनुसार कर्मचारी भर्ना गरेको बताएका छन्।
nagarik 

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light