Sunday, May 5, 2013

रणविर कपुर मुम्बई एयरपोर्टमा फस्नुको कारण

बैशाख २२ गते
                    बलिउड नायक रणविर कपुर मुम्बई एयरपोर्टमा ३ घन्टा रोकिएका छन् । लण्डनबाट र्फकदै गर्दा उनी तिन घन्टा एयरपोर्ट कर्मचारीको निगरानीमा फसेका हुन् । उनका साथमा केही ड्युटी फ्रि सामान भेटिएपछि एयरपोर्टका कर्मचारीले रणविरलाई ३ घन्टा केरकार गरेका थिए ।३ घन्टाको केरकार पछि रणविरलाई ५० हजार जरिवाना तिराएर छोडिएको थियो । रणविरले ड्युटी फ्रि सामान ल्याएको खबर कस्टम ड्युटी अफिसर्सलाई गराइएको थिएन । यसैले पनि रणविरलाई तिन घन्टा केरकार गरिएको हो ।
          रणविरले आफ्नो कपडाको साथमा ड्युटी फ्रि सामान ल्याएको बताइएको छ । बलिउडका कलाकारहरु विदेशबाट र्फकदा यस्ता ड्युटी फ्रि सामान ल्याउने गर्दछन् । तर यसको जानकारी कस्टम ड्युटी अफिसर्सलाई नगराउँदा यस्तो समस्या झेल्ने गर्दछन् ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light