Sunday, May 26, 2013

१७ अमेरिकी नागरिक लुटिए, संकास्पद ४ जना पक्राउ

१७ अमेरिकी नागरिक लुटिए, संकास्पद ४ जना पक्राउ
chor1ताप्लेजुङ जेठ १२ -
                ताप्लेजुङको हाङ्देवा गाविसबाट गएराति १७ जना अमेरिकी नागरिक लुटिएका छन् । अध्ययन भ्रमणकोे सिलसिलामा ताप्लेजुङको याम्फुदिन पुगेर फर्कदै गरेका उनीहरु सदरमुकाम नजिकैको हाङदेवा गाउँ विकास समितिमा लुटिएका हुन् । हाङदेवाको आसहाङ पाटीमा बास बसेको समयमा गएराति १२ बजेतिर उनीहरु लुटिएका हुन् ।
       प्रहरीले घटनाका शङ्कास्पद चारजनालाई राति नै पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हाङदेवा–३ वस्ने १३ वर्षका रोशन लिम्बू, १६ वर्षिय वीरहाङ मादेन, कुमार श्रेष्ठ, १३ वर्षिय सुरेश मादेन र अर्का १४ वर्षिय प्रकाश मादेन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दप्रसाद आचार्यले जानकारी दिनुभयो । उनीहरुले अमेरिकी नागरिकहरुबाट पाँच हजार नेपाली रुपैया, ३ सय अमेरिकी डलर, तीन वटा क्यामेरा र दुईवटा मोबाइल सेट लुटेको बताइएको छ ।
madheshspecia

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light