Friday, May 10, 2013

एक सय ११ वर्षीयालाई नागरिकता

 बैसाख २८,
            नुवाकोट  प्रशासनले जिल्लाका विभिन्न चार स्थानमा सञ्चालन गरेको घुम्ती शिविरमा सर्वसाधारणको भिड लागेपछि थप स्थानमा पनि टोली परिचालन गरेर सेवा शिविर सञ्चालन गर्न लागेको हो । आठवटा टोलीले ३२ स्थानमा शिविर सञ्चालन गरी जिल्लाका अधिकांश गाविसका बासिन्दालाई सेवा प्रदान गर्नका लागि थप स्थानमा शिविर सञ्चालन गर्न लागिएको उनले बताए ।  वैशाख २२ गतेबाट सुरु भएको एकीकृत घुम्ती शिविरमा समुद्रटार केन्द्र, सिक्रे केन्द्र, रानीपौवा केन्द्र र फिकुरी केन्द्रबाट स्थानीयले स्वास्थ्य, कृषि, पशुसेवा, सरसफाइ, अपांग परिचयपत्र, गाविस सिफारिसलगायत सेवा प्रदान भइरहेको छ ।
                      जनतालाई घरदैलोमा पुगी सबैखाले सरकारी सेवा प्रदान गर्ने योजनाका साथ सञ्चालन भइरहेको एकीकृत घुम्ती शिविरबाट एक सय ११ वर्षीया वृद्धाले नागरिकता लिएकी छन् । थानसिङ–८ की बाटुली लामिछानेले रानीपौवा केन्द्रमा रहेको टोलीबाट सोमबार नागरिकता लिएकी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  यसैबीच, जिल्ला प्रशासन कार्यालय नुवाकोटले ग्रामीण भेगका बासिन्दालाई लक्ष्य गरी थप घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ । जिल्लाका ६१ वटै गाविसका नागरिकलाई नागरिकता र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सहज होस् भन्ने उद्देश्यले विभिन्न आठवटा टोली परिचालन गरेर दुईदेखि तीन गाविसका जनतालाई पायक पर्ने स्थानमा घुम्ती शिविर सञ्चालन गर्न लागेको प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले बताए । वैशाख २७ गतेदेखि जेठ २० गतेसम्म टोली परिचालन गरिने उनले बताए ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light