३ जेठ,
न्यूज ट्वान्टी फोर टेलिभिजनका अध्यक्ष अनिल जोशीले तलब माग्ने पत्रकारहरुलाई धम्की दिँदै संस्था छाडेर जान बाध्य पारेको भन्दै नेपाल पत्रकार महासंघको आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टेलिभिजनमा कार्यरत पत्रकार÷कर्मचारीले पारिश्रमिक पाउनका लागि व्यवस्थापनसमक्ष दबाब दिइरहेका बेला जोशीले अझै एक वर्षसम्म तलव नदिने र तलव मागेर दबाब दिने पत्रकारलाई जे पनि गर्ने धम्की दिएका महासंघले जनाएको छ ।
तलव माग्ने पत्रकारलाई छाडेर जान दबाब दिँदै धम्कीसमेत दिएपछि प्रमोद न्यौपाने, प्रभात देवकोटा, अनुप आचार्यलगायतका श्रमजीवी पत्रकारहरुले राजीनामा दिएका छन् । त्यहाँ कार्यरत अन्य पत्रकारलाई समेत त्रसित बनाउँदै काम गर्न बन्देल लगाउँदै मानसिक यातना दिएको महासंघले जनाएको छ । गैरकानुनी र श्रमजीवी पत्रकारविरोधी हर्कत तुरुन्त बन्द गर्न एवं संविधान र ऐन–नियमबमोजिम पत्रकारहरुलाई सेवा–सुविधा उपलब्ध गराउन महासंघले माग गरेको छ ।
स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण तत्काल निर्माण गर्न व्यवस्थापन पक्षलाई चेतावनी दिँदै महासंघले श्रमजीवी पत्रकारको हित र अधिकार स्थापना गराउन जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
ujyalo
Post a Comment