Friday, April 19, 2013

मानिसलाई निद्रा पर्नुका फाइदा

sleepरातमा मज्जाले निद्रा पर्यो भने अर्को दिन ताजा महसुस हुन्छ । तर निद्रा नपर्दाको अर्को दिन जिउमा थकान महसुस हुन्छ र जाँगर पनि चल्दैन । लगातार रातमा निद्रा नपर्ने हो भने मान्छे बिरामी हुन पनि बेर लाग्दैन । वास्तवमा निद्रा नलाग्ने पनि एउटा रोग नै हो र रोगको कारक पनि हो ।निद्राको महत्व केवल मूड लाई राम्रो बनाउन तथा आँखाको तल्लो भागमा छाला कालो हुने समस्यालाई हटाउन मात्र होइन पर्याप्त निद्रा स्वस्थ जिवनशैलीको महत्वपूर्ण हिस्सा पनि हो । पर्याप्त निद्रा स्वस्थ हृदय, सन्तुलित वजन तथा शान्त मनका लागि अनिवार्य हुन्छ । पयाप्त निद्राका फाइदा निम्न छन् -
  • पर्याप्त निद्रा पर्ने मानिसको स्मरण शक्तिमा पनि सुधार हुन्छ । त्यसकारण स्मरण शक्तिमा बढोत्तरी गर्न पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ ।
  •  कम सुत्ने मानिसमा स्मरण शक्ति कमजोर हुन्छ ।
  •  पर्याप्त निद्रा लिने मानिसको आयू पनि बढ्ने बताइन्छ । कम निद्रा वा आवश्यकता भन्दा कम निद्रा स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुइ वर्षअघि भएको एक अन्तराष्ट्रिय अनुसन्धान अनुसार दिनमा ५ घण्टा भन्दा कम सुत्ने मानिस पर्याप्त सुत्ने मानिसभन्दा कम बाँच्छन् ।
  • ६ घण्टाभन्दा पनि कम सुत्ने मानिसमा जिउका विभिन्न भागमा पोल्ने तथा सूजन लगायतका समस्या पैदा हुन्छन् । यसले मधुमेह, हृदयाघात तथा छिटै बुढ्यौलीका लक्षण देखिने लगायतका समस्या उत्पन्न गर्छ । पर्याप्त निद्राले मानिसको रक्तचाप सन्तुलित गर्न समेत सघाउ पूराउँछ ।
  • खेलाडिका लागि समेत आफ्नो खेलमा सुधार ल्याउन पर्याप्त निद्रा आवश्यक हुन्छ । निद्रापछिको ताजगीमा खेलाडिको स्टामिना बढि हुन्छ ।
  • पर्याप्त निद्रा लिने मानिसलाई वजन सन्तुलन राख्न पनि कुनै समस्या हुँदैन ।
  • दिमागी शान्ति तथा तनावबाट मुक्तिका लागि समेत पर्याप्त निद्रा आवश्यक हुन्छ ।
  • अनुहारमा डण्डीफोर आउने तथा अनुहारको छाला कालो हुने जस्ता समस्या घटाउन समेत पर्याप्त निद्रा आवश्यक हुन्छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light