इण्डियन प्रिमियर लिग क्रिकेट आइर्एपीलमा मंगलबार रोयल च्यालेन्जर्स बेङ्ग्लोरका क्रिस गेलले रेकर्डको वर्षा गरेका छन् । उनले टी-२० क्रिकेटमा एकै इनिङमा अहिलेसम्मकै सर्बाधिक रन मात्र बनाएनन्, कम बलमा शतक समेत बनाएका छन् ।आईएपील अन्तरगत मंगलबार भएको पुणे बारियर्सविरुद्ध खेलमा वेष्टइण्डिवका गेलले अविजित १ ७५ रन बनाउँदै ५ वर्ष पुरानो ब्राण्डन म्याकुलमको सर्वाधिक रनको रेकर्ड तोडेका हुन् । गेलले ६६ बलमा १७ छक्का र १३ चौकाको मदतमा १ सय ७५ रन बनाएका हुन् । सन् २००८ मा कोलकत्ता नाइट राइडर्सबाट खेलेका म्याकुलमले अविजित १ सय ५८ रन बनाएका थिए ।
निकै आक्रमक व्याटिङ गरेका गेलले मात्र ३० बलमा शतक पूरा गर्दै छिटो १ सय रनको कीर्तिमान समेत बनाएका छन् । यसअघि रिचार्य लेभीले सन् २०१२ मा ४५ बलमा शतक पूरा गरेका थिए । गेलले १७ छक्का हान्दै एकै इनिङमा सर्वाधिक छक्काको रेकर्ड पनि आफ्नो नाममा लेखाए । गेलको उत्कृष्ट प्रदर्शनसँगै बेङ्गोरले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको छ । यो आईपीएलमा कुनै पनि टिमको सर्वाधिक रन हो । यसअघि २०१० मा चेन्नई सुपर किङ्ग्सले राजस्थान रोयल्सविरुद्ध ५ विकेटको क्षतिमा २ सय ४६ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको पुणेले ९ विकेटको क्षतिमा १ सय ३३ रन बनायो र बेङ्गोर १ सय ३० रनले विजयी भएको छ ।
Post a Comment