१६ वैशाख,
यसवर्षको विश्व प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दिवसका अवसरमा दक्षिण अमेरिकामा हुने अन्तरराष्ट्रिय सम्मेलनमा दक्षिण एशियाबाट नेपाल र पाकिस्तानले सहभागिता जनाउन पाउने भएका छन् । प्रत्येक वर्ष मे ३ मा मनाइने विश्व प्रेस दिवसका अवसरमा दक्षिण अमेरिकाको कोष्टारिकामा हुने अन्तरराष्ट्रिय कार्यक्रममा भाग लिन नेपालबाट पत्रकार महासंघका अध्यक्ष शिव गाउँले मंगलबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
नेपाली पत्रकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रताबारे हासिल गरेको अनुभवबारे सम्मेलनमा प्रस्तुतीका लागि समय उपलब्ध गराइएको अध्यक्ष गाउँलेले जानकारी दिनुभएको छ । ‘अन्तरराष्ट्रिय सम्मेलनमा दक्षिण एशियाबाट नेपालको प्रतिनिधित्व गराइनु र नेपालको अवस्थाबारे प्रस्तुतीकरणको समय समेत प्रदान गरिनुले विश्वले नेपालको प्रेसजगतबाट सिक्न चाहेको र नेपाललाई प्राथमिकतामा राखेको प्रष्ट हुन्छ ।’ अध्यक्ष गाउँले अनलाइनखबरसँग भन्नुभयो-’ यो नेपाली पत्रकारहरुका लागि गौरबको विषय हो ।’
Post a Comment