खै कसलाई भनौ , मेरो साथी कस्तो छ
कसैले लगाउने लुगा छोटो ,कसैको पाईन्ट झर्ला जस्तो
भनौ भने आफ्नै साथी , नभनौ त कस्तो कस्तो
तल माथि गाजल पोती, आँखा झिम्क्याई हिड्ने गर्छ
पढ्नु लेख्नु कताकता , फेसन गर्न व्यस्त हुन्छ
आमाबाको सम्पति उडाउनमा, न किन मस्त हुन्छ
खै सलाई के भनौ मेरो साथी कस्तो
कोहि हेर्यो केटाजस्तो , कोहि केटि जस्तो
कानमा मुन्द्रा टप , डाका बनि हिड्या जस्तो
भनौ भने आफ्नै साथी, नभनौ त कस्तो कस्तो
इज्जत को ख्याल छैन , हिरोनी बन्नुपर्ने कस्तो
नापेदेखी दुइ बित्ता को लुगा छैन,सबै भन्दा राम्री जस्तो
फाले इज्जत बाआमाको, फोहोर फाले जस्तो
भनौ भने आफ्नै साथी, नभनौ त कस्तो कस्तो
:चाहनाका उत्सर्गहरु
Post a Comment