१६ बैशाख, काठमाडौं ।
विश्वकप क्रिकेट लिग डिभिजन ३ को पहिलो खेलमा नेपाल अमेरिकासंग पराजित भएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाल अमेरिकासंग ९४ रनको विशाल अन्तरले पराजित भएको हो । खेलमा अमेरिकाले दिएको ३६७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २७२ रनमा सबै खेलाडी गुमाउन पुग्दा पराजित भएको हो । टस जितेर फिल्डिङ रोज्ने निर्णय आत्मघाती हुन पुग्दा नेपाली बलरहरु अमेरिकासामु निरिह देखिए । ६ विकेट गुमाएर ३६६ रन जोड्ने क्रममा अमेरिकाको लागी स्टेभेन टेलर एक्लैले १६२ रनको विशाल योगफल बनाए । चौका र छक्काको निरन्तर प्रहारलाई रोक्न नसक्दा नेपालले विशाल लक्ष्य पाएको हो । खेलमा नेपालको लर्फवाट कुनैपनि बलर खासै जम्न सकेनन ।
३६७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालको लागी क्याप्टेन पारस खड्काले सर्वाूधिक ७३ रन बनाए । यस्तै शरद भेष्वाकर ७२ तथा शक्ति गौचन ३९ रन बनाउँदै आउट भए । तिन खेलाडी बाहेक अन्यले खेलमा खासै रन जोड्न सकेनन । खेलमा नेपालको तर्फवाट अनिल भण्डल र अमृत भट्टराईले खाता समेत खोल्न सकेनन । अमृत भट्टराई अमेरिका बिरुद्ध बलिङ गर्दा समेत घातक हुन पुगेको थियो । जसका कारण अमृतले हानेको अधिकाशं ओभर १५ बढी रनको महंगो सावित हुन पुग्यो । नेपालको २७२ रनको योगफल बनाउने क्रममा सुवास खकुरेल २३ तथा संजम रेग्मी १४ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ९ रन बनाउँदै रन आउट हुनपुगे भने बसन्त रेग्मी ७ रनमै समेटिए । बिनोद भण्डारीले ४ रनको योगदान दिंदा नेपालले १७ रन अतिरिक्त पायो र मात्र २७२ रनमा समेटियो । समग्रमा नेपालले ब्याटिङ राम्रो गरेपनि बलिङ अन्यन्त लजास्पद खेल्दा पराजित हुन पुग्यो । ५० ओभरको खेलमा टस जितेर बलिङ रोज्ने निर्णय समेत नेपालको लागी घातक बन्न पुग्यो । अमेरिकाले लगातार चौका र छक्का हान्दा खासै विकेट झार्न नसकेका नेपाली बलरहरु अमेरिकासामु निरिह झैं देखिए ।
ब्याटिङ र रनरेट हेर्दा उत्कृष्ठ झैं देखिएपनि बलिङ अन्यन्त निराशाजनक रहंदा विश्वकप क्रिकेट खेल्ने यात्राको पहिलो खेलमा अमेरिका नेपालको लागी बाधक सावित भयो । लिग डिभिजन ४ मा नेपालले घरेलु मैदान किर्तिपुरमा पराजित गरेको बदला समेत लिएको अमेरिकाले पहिलो खेल जित्दै विश्वकप यात्रको ढोका सुखद रुपमा खोलेको छ । अब नेपाल आफ्ना खेलहरु जित्दै जानुपर्ने हुन्छ । हिजो नै भएको अर्को खेलमा प्रतियोगिताको दावेदार टिम मानिएको इटलि ओमानसंग ७ विकेटले पराजित हुन पुगेको छ । यस्तै अर्को खेलमा आयोजक बर्मुडा युगाण्डाले दिएको २२२ रन पछ्याउँदा ११४ रनले पराजित हुन पुगेको छ ।

Post a Comment