दिनभरको कामको थकान र तनावबाट घर फिरेको पतिलाई पत्नीको मिठो मुस्कानसहितको स्वागतले चुड्कीकै भरमा पुनर्ताजगी दिने भोग्नेलाई थाहा हुन सक्छ । पत्नीहरूलाई लाग्दो हो, पतिले आफूलाई पुलकित पार्न यसो भन्दै छ । तर अब भने अध्ययनले पनि त्यसलाई स्वीकार गरेको छ । यसमा मनोवैज्ञानिक प्रभाव मात्रै जिम्मेवार नभई वैज्ञानिक कारण पनि देखिएको छ । लोरिटा स्टेट विश्वविद्यालयका अध्ययनकर्ताले दम्पतीबीचको प्रभावलाई नापेको हो । अनुसन्धान अनुसार घरमा राम्रो वातावरण रहँदा तनावग्रस्त कर्मचारीको एकाग्रतामा २५ प्रतिशतसम्म वृद्घ िहुन सक्छ । यति मात्र होइन, यदि घरभित्र सम्बन्ध मधुर छ भने बाहिर राम्रो हुन्छ । जीवनसाथीको मिठो साथले आफ्नो सहकर्मीहरूसँग पनि सकारात्मक सम्बन्ध हुने सम्भावना ३३ प्रतिशत बढी हुन्छ । यस्तो हुँदा काममा सन्तुष्टिको भावना पहिलेको दाँजोमा २० प्रतिशत बढी हुन्छ । यसअघि गरिएका अध्ययनहरूमा कार्यालयको तनावले मानसिक तनाव र मोटोपना जस्तो समस्या निम्तिने देखिएको थियो ।
प्रा.वेन हाकवार्टरको यो अध्ययन परिणामले तनावलाई एउटा दुष्चक्र बताएको छ । यसले गर्दा कार्यालयमा गरिने काममा असर गर्छ । समयमै यसको समाधान नहुँदा कार्यस्थलमा अझ तनाव बढ्छ । अध्ययनअनुसार कर्मचारी यदि घरको तनावले कार्यस्थलमा आउँछ भने उसका लागि मानसिक र शारीरिक स्वास्थ्यका लागि राम्रो हँुदैन । सबै तनावको एउटै ओखती तपाईंको 'घर' हो । घरमा आफन्तको माया र सहयोगले ठूलो अप्ठ्यारो समेत सहज हुने देखिएको छ । अध्ययन अनुसार दम्पतीबीच आपसी सम्बन्ध राम्रो हुँदा यसले कार्यालयको तनावलाई घटाउन सघाउँछ । तनावग्रस्त भएर घर पुग्दा जीवनसाथीले कारण खोजेर माया दिँदा आफैं तनाव घट्छ । जीवनसाथीको समस्या थाहा नपाउँदै उसका अगाडि अन्य गन्थन राख्दा यसले तनाव झन् बढाउँछ ।
Post a Comment