Saturday, September 22, 2012

ममाथि यौन दुब्र्यबहार भयो : सुष्मा कार्की


                       
                       सुटिङस्थलमै प्रेमीसँग मस्ति गरेको अभियोगमा ‘बार’ नामक सिनेमाबाट निकालिएकी नायिका सुष्मा कार्कीले आफुमाथि फिल्म युनिटले यौन दुब्र्यबहार(सेक्सुअल ह्ययारेसमेन्ट) गरेको बताएकी छिन् । अनलाइनखबरमा शुक्रबार प्रकाशित समाचारमा स्पष्टीकरण दिँदै सुष्माले आफुलाई निर्माण पक्षले नङ्ग्याएर दुब्र्यबहार गर्न खोजेको दावी गरिन् ।
निमार्णपक्षले सुटिङका लागि अत्तरिया बोलाएपनि आफुलाई काम गर्न मन नलागेर नगएको दावी गरेकी सुष्माले अन्तिममा आफुलाई फिल्मबाट निकालिएको स्वीकारिन् । निर्माणपक्षले आफुलाई बारम्बार काममा फर्किन म्यासेज पठाइरहेको भन्दै उनले केही एसएमएस पनि फरवार्ड गरिन् । सुष्मालाइ यो सन्देश चलचित्रका छायांकार राजेन्द्र सापकोटाले पठाएका थिए ।

for ur future n our producers n biraj dais n for me plz don’t miss the project n come 2maRo..plz
सुष्मालाई आएको दोश्रो सन्देश :
plz come on flaght, rather den car..jiddinagar na voli muhurta6 ta hunupaR6 NANU..
सुष्माले पहिलो सन्देशप्रति आपत्ति जनाउदै आफ्नो करिअर बनिसकेकाले भविष्यका लागि आउ भन्नुको अर्थ नरहेको बताइन् सुष्माको भनाई जस्ताको त्यस्तैः
मैले यो सिनेमा सुरुवातमा नै नगर्ने भनेकी थिएँ । तर उनीहरुले मलाई धनगढि सबै वदनाम हुन्छ तिमि नआए भन्दै बोलाए । रातको १२ बजे गाडि रिजर्व गरेर म अत्तरिया पुगेँ । मलाई उनीहरुले रातको १२ बजे एक्लै आउ भनेका थिए, तर म कसरी एक्लै जान सक्थेँ । यसैले मैले मेरो प्रेमीलाई सँगै लगेँ । सुरुमा नै मैले वेड सिन र किस सिन दिन्न भनेकी थिएँ । तर छायांकन भएको पहिलो दिनमै मलाई यो सिन दिन लगाईयो । ३ दिनसम्म सिनेमाको छायांकन हुन सकेन, मलाई खाना र पानीको समेत मतलब गरिएन । हिरोको कपाल नआएकाले छायांकन सुरु हुँदैन भन्दै यत्तिकै राखियो । सुरुको दिनमै मलाई नङ्ग्याउन खोजियो तर मैले मानिन् । नाईटो त जसरी पनि देखाउनु पर्छ भन्दै सबै देखिने पारदर्शि कपडा लगाउ भन्न थाले ।
उनीहरुको नियत ठिक थिएन । एक दिन त मैले चलचित्रकै एक युवतीको कोठामा एउटा नाङ्गो युवक छिरेको देखे । तर युवतीको नाम म यहाँ लिन सक्दिन । युवक छिरेपछि २ बजे नै प्रहरी बोलाईयो तर घटना त्यतिकै सामसुम पारियो । बिहान मैले उठ्ने बित्तिकै स्याउ खान्थेँ । तर द्वन्द निर्देशक हिमाल के.सीले तिम्रो ईनर्जी रातभरी लस भयो कि के हो भन्दै मलाई जिस्काउँथ्यो । यो एक प्रकारको सेक्सुअल ह्यारेसमेन्ट होईन ?
मैले विन्दासमा दिएको दृश्यका कारण मलाई यो सिनेमामा पनि नङ्ग्याउन खोजीएको रे । तर विन्दास र यो सिनेमाको कथा फरक थियो । चलचित्रमा समावेश केही युवतीको कोठामा निर्माता सधै हुन्थे । उनीहरुको त केही काम नै छैन, यत्तिकै राखिएको छ । नचिनेको मान्छेलाई फोन गर्दै सुष्मा कार्की मसँग छ कुरा गर भन्दै फोन दिन्थे । अन्जान मानिससँग मेरो कुरा गराउनु निर्माताको नियत नराम्रो हो कि होईन ?
उनीहरुले मबाट जे चाहेका थिए मैले त्यसो गरिन् । यसपछि मलाई एक्लाईयो र सिनेमाबाट निकालियो । मैले आजसम्म यस्तो झुर युनिटसँग काम गरेकी छैन् ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light