Saturday, June 23, 2012

तिम्रो कोमल मन भित्र,म बस्न पाए पुग्छ प्रिय
तिम्रो माया जालमा फस्न पाए पुग्छ प्रिय
जति सुकै उचाइमा लिएर खसालिदेउ प्रिय
झर्ने बेला तिम्रै काखमा, खस्न पाए पुग्छ प्रिय
तिम्रो माया जालमा फस्न पाए पुग्छ प्रिय
सधैं भन्छु म पुरै जीवन मेरै साथमा गुजारिदेउ प्रिय
एकैपटक मायाको रस, घस्न पाए पुग्छ प्रिय
तिम्रो माया जालमा फस्न पाए पुग्छ प्रिय
जुनीभरि त्यही पललाई सम्झियेरै बच्न सक्छु प्रिय
एकै पटक ति नजरमा, पस्न पाए पुग्छ प्रिय
तिम्रो माया जालमा फस्न पाए पुग्छ प्रिय...................

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light