Category 1

Category 2

Category 3

Category 4

Sunday, November 16, 2014

ससुराले कुट्दा ज्वाइँको ज्यान गयो


२०७१ कार्तिक ३० आईतवार,
सुरुङ्गा (झापा) : उत्तरी झापा र दक्षिणी इलामको सिमानामा पर्ने इलामको दानाबारी–२ स्थित जुवाली भन्ने स्थानमा ससुराको कुटाइबाट ज्वाइँको मृत्यु भएको छ। 

मृत्यु हुनेमा झापाको भद्रपुर–४ निवासी ३५ वर्षीय अनिल श्रेष्ठ रहेको प्रहरी चौकी लोदियाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए।

घरबाट श्रीमती मनमाया श्रेष्ठ हराएपछि श्रीमतीको खोजीमा शुक्रबार राति ससुराली पुगेका उनको ससुरा खड्गबहादुर एक्तेनसहित गाउँलेको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विवरणअनुसार राति ससुराली पुगेका श्रेष्ठले झ्यालबाट ससुरालाई बोलाउने क्रममा चोर भन्दै ससुरासहित गाउँलेले मरणासन्न हुनेगरी कुटपिट गरेको बताइएको छ ।

ससुरा र गाउँलेको कुटाइबाट गम्भीर घाइते बनेका श्रेष्ठको स्थानीय एभरेष्ट अस्पतालमा उपचारार्थ लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारार्थ न्युरो हस्पिटल विराटनगर पुर्याइएको थियो । 

टाउकोमा गम्भीर चोट लागेको उनको अत्यधिक रक्तश्रावका कारण गएराति उपचारकै क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिए।

यता, कुटपिटमा संलग्न श्रेष्ठका ससुरासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक श्रेष्ठका ससुरा दानाबारी–२ निवासी खड्गबहादुर, सोही ठाउँ निवासी पद्मबहादुर मगर, धनबहादुर साउदेन, अम्बिका घिमिरे, माधव सेन्च्युरी, सुभास लिङ्देन, तुलसी सेन्च्युरी र दानाबारी–७ निवासी कुमार राई रहेका छन् । रासस

भिडियो हेर्न याँहा क्लिक गर्नुहोस

Thursday, October 9, 2014

चुनावको १० महिनापछि बेवारिसे मतपत्र भेटियो, (भिडियोसहित)


पर्वत, आश्विन २४ । दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको १० महिनापछि पर्वतमा प्रत्यक्षतर्फको मतपत्र फेला परेको छ । सदरमुकाम कुश्माबजार नजिकै जल्केनीस्थित कालीगण्डकीको किनारमा करिव दुई सयओटा ‘संविधानसभा निर्वाचन २०७०’मा प्रयोग भएका मतपत्र भेटिएका हुन् ।

गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाइएका मतपत्र फेला परेपछि एकीकृत माओवादी पर्वतका सचिव ढाकाराम गौतमले निर्वाचनमा धाँधली भएको यो प्रमाण भएको बताए ।

सो मतपत्र छिमेकी जिल्ला म्याग्दीको हुन सक्ने अनुमान पनि गरिएको छ । अधिकांश मतपत्रमा मतदान अधिकृत ‘श्याम’ को हस्ताक्षर छ । एकीकृत माओवादीले पत्रकार सम्मेलन गरी मतपत्रहरु सार्वजनिक गरेको छ । मतपत्रहरु पार्टी केन्द्रीय कार्यालयमा पठाइएको स्थानीय नेताहरुले जनाएका छन् ।

भिडियो हेर्न प्ले चिन्हमा क्लिक गर्नुहोस
जिल्ला निर्वाचन कार्यालय पर्वतले भने बेवारिसे अवस्थामा फेला परेका मतत्रपबारे गैरजिम्मेवार जवाफ दिएको छ । निर्वाचनको सम्पूर्ण प्रक्रिया तत्कालीन मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हुनाले जिल्ला निर्वाचन कार्यालयले जिम्मेवारी नलिने सो कार्यालयले जनाएको छ ।

निर्वाचनको प्रक्रिया र जिम्मेवारी समेत तत्कालै सकिएकोले मतपत्र बिसर्जनबारे आफूलाई कुनै जानकारी नभएको तत्कालीन मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले बताए ।
-Image Khabar

ADVERTISE

Sunday, September 21, 2014

ज्योती मगरले फेरि देखाइन स्तन (फोटो फिचर)







भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

श्रीमानले श्रीमतिको योनीमा करेन्ट लगाए

एजेन्सी । भरतको गान्धीनगरमा एक व्यक्तिले आफ्नै श्रीमतिको गोप्य अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील अंगमा डामेका हुन्।

एक प्राइभेट कम्पनीमा इलेक्ट्रिसियनको काम गर्ने उनले घर पुग्ने बित्तिकै खाना खान नदिएको भन्दै श्रीमतिको योनीमा डामेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले उनलाई पक्रेर हत्या प्रयास गरेको अभियोगमा मुद्धा चलाएको छ । घटना विवरणअनुसार बुधबार राति जब ती व्यक्ति कामबाट घर फर्किए तब उनले आफ्नी ४५ वर्षीया श्रीमतिसँग खाना मागे । श्रीमतिले आफ्नो स्वास्थ्य ठीक नभएकाले खाना नबनाएको बताइन् ।

यो सुनेर पति भड्किए र श्रीमतिलाई लठ्ठीले कुटे । लगत्तै उनले श्रीमतिलाई डामिदिए । प्रहरीका अनुसार घटनाका बखत ती व्यक्तिले रक्सी पिएका थिए । पक्राउ पर्ने डरले करेण्टले रगत पिच्छे भएकी श्रीमति छाडेर भाग्दै गरेका उनलाई प्रहरीले पक्रेको थियो ।

महिलालाई बेहोस अवस्थामा उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको थियो । ५४ वर्षीया ती पीडित महिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

Thursday, September 18, 2014

तरकारीभन्दा मासु सस्तो

ब्रोइलर कुखुराको मासु तरकारीभन्दा सस्तो भएको छ । डेढ सय रुपैयाँमा एक छाक तरकारी पाउन गाह्रो छ । तर, व्रोइलर कुखुराको मासुचाहिँ पाइन्छ । ब्रोइलर कुखुरा उत्पादक गर्ने कृषकले व्यवसायीलाई मासु नदिएर आफै बेच्न थालेपछि मासु सस्तिएको हो । 


प्रतिकिलो २ सय रुपैयामा कृषकले मासु वेच्न थालेपछि व्यवसायीले पनि कृषक भन्दा ५० रुपैया सस्तो मूल्यमा मासु दिन थालेका छन् ।केही दिनअघि उपभोक्ताले प्रतिकिलो ३ सय रुपैया तिर्नुपथ्र्यो । दशैको मौका छोपेर व्यवसायीले भाउ बढाउन लाग्दा कृषकले सस्तोमा बेच्न थालेपछि व्यवसायीले ५० रुपैया सस्तोमा मासु उपलव्ध गराउन थालेका हुन् । 'तरकारीभन्दा मासु सस्तो भएको छ', उपभोक्ता डिल्ली अधिकारीले भने ।'

कृषकहरुले आइतबारदेखि दशैंलाई लक्षित गरी काँकडभिट्टामा स्टल राखेरै सस्तो मूल्यमा मासु विक्री वितरण थालेका छन् । जसले कृषक र व्यवसायीवीच कसले कम मूल्यमा मासु वेच्ने भन्ने प्रतिष्पर्धा चलेको छ । 'कृषक र व्यवसायीको हानथापले उपभोक्तालाई फाइदा पुग्यो', स्थानीय उपभोक्ता युवराज दाहाल भन्छन् ।

यसअघि विचौलियाका कारण उपभोक्ताले बढी मूल्य तिरेर मासु किन्न वाध्य थिए । विचौलियाले कृषकवाट सस्तोमा कुखुरा खरिद गरी महंगोमा व्यवसायीलाई वेच्दा उपभोक्ताले महंगो मूल्य तिर्नु पर्ने वाध्यता थियो । उपभोक्ता मञ्च झापाका उपाध्यक्ष अमृतलाल श्रेष्ठले मासुको मूल्य घटेर उपभोक्तालाई सहुलियत भएको बताए । उनले सस्तोको नाममा गुणस्तरहीन र अस्वस्थकर मासु हो होइन भन्ने वारे उपभोक्ता आफै सचेत रहनु पर्ने जनाए । 

'सस्तोका नाममा अस्वस्थकर मासु पनि विक्री भएको हुनसक्छ', श्रेष्ठले भने, 'यसप्रति सचेत वनौ ।'उपभोक्ता हकमा कार्यरत संस्थाहरुले भारतवाट तस्करी गरी ल्याइएका कुखुरा भएका कारणले पनि कम मूल्यमा विक्री गर्न सक्ने सम्भावना रहेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेका छन् । 

मेची पुल तर्ने वित्तिकै सस्तोमा ब्रोइलर कुखुरा उपलव्ध छ । जुन नेपालमा ल्याएर विक्री गर्दा दोव्वर फाइदा हुन्छ । कृषक कुन्दन निरौलाले कृषकवाट जिउदो कुखुरा प्रति केजी १ सय ५० रुपैयामा किनेर ब्यबसायीले बजारमा ३ सय रुपैयामा तयारी मासु बेच्ने गरेका कारण उपभोक्ता मारमा परेको जनाए ।

भिडियो हेर्न याँहा कूलिक गर्नुहोस

Sunday, September 14, 2014

श्रीमान बिदेशमा, श्रीमती अरुसँग मस्ती गर्दागर्दै रंगेहात पक्राउ

चितवन २९ भदौ, यौन कति संवेदनशिल विॆषय हो तर हिजो आज यौन संम्पर्कलाई कति सहज रूपमा लिएको पाईन्छ चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ ।


चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनलका १६ वटा होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमा १६ देखि ३५ वर्र्ष उमेरका महिला पुरुष छन । पक्राउ परेका मध्ये अधिकांश किशोर–किशोरी र श्रीमान विदेशमा रहेका महिलाहरु भएको प्रहरीले बताएको छ ।

उनीहरु सवै अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले वताएको छ । चितवनका होटल तथा रेष्टुरेण्टमा बेश्यावृत्ति बढेको भन्दै प्रहरीले दिउंसो तथा रातको समयमा छापा मार्न सक्रियता वढाएको हो । यसैवीच पछिल्लो समय अपराधिक र वेश्यावृत्तिका घटनाहरु रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले होटलहरुमा परिचयपत्रको व्यावस्था लागु गरेको छ ।
होटल व्यावसायीहरुले सेवाग्रहीहरुको स्पष्ट परिचय खुल्ने परिचय पत्र आफैसग राख्नु पर्ने नियम वनाइएको छ । 


सो नियम उल्लंघन गर्ने व्यावसायीहरु माथि कडा कारवाही गरिने प्रहरीले जनाएको छ । होटलमा लुटपाट ,हत्या र आत्महात्याका घटनाहरु बढिरहेकाले स्पष्ट परिचय खुल्ने प्रमाण राख्न व्यवसायीहरुलाई अनुरोध गरिएको प्रहरी नायव उपरीक्षक कोइरालाले वताउनुभयो । Source: Dainiknepal

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस

Thursday, September 11, 2014

प्रेमबहादुरले मलेसियाबाट पाए एक करोड १२ लाख क्षतिपूर्ति

२७ भदौ, काठमाडौ । मलेसियामा बस दुर्घटनामा परी घाइते पर्वत बाजु्का प्रेमबहादुर रेग्मीले एक करोड १२ लाख क्षतिपूर्ति पाएका छन् । सन् २०१० जुलाईमा मलेसिया पुगेका रेग्मी जेसीवाई एचडीडी कम्पनीमा आउटसोर्स कामदारको रुपमा कार्यरत थिए । सन् २०१२ जुलाई १२ मा काम सकेर होस्टेल फर्किने बेला दुर्घटना भएको थियो । रेग्मीको दाहिने हात काटिएको छ ।


दुर्घटनाको दुई वर्षपछि बस कम्पनीसँगको कानूनी लडाइँ जितेपछि रेग्मीले क्षतिपूर्ति पाए । उनले मलेसियाको बिमा कम्पनीबाट पाँच लाख १० हजार एक सय ५० र बस कम्पनीसँगबाट एक करोड ६ लाख ५० हजार रुपैंयाँ क्षतिपूर्ति पाएको नागरिक दैनिकमा खबर छ ।

बिमा कम्पनीबाट विदेशी कामदार क्षतिपूर्ति योजना अन्तर्गतको रकम पाएका हुन् । बस कम्पनीले क्षतिपूर्ति रकम समयमा नदिएपछि थप पाँच हजार रिंगेट हर्जाना तिरेको छ । दुर्घटनापछि रेग्मी कार्यरत कम्पनी र मलेसियामा रहेका नेपालीले दायर गरेको मुद्दामा जोहोबारु अदालतले क्षतिपूर्तिको फैसला गरेको हो ।

उक्त रकमले के गर्ने भनेर योजना नबनाएको रेग्मीले बताए । रामै्र काम गर्ने सोंच छ तर अलिपछि,’ उनले भने । क्षतिपूर्ति श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ्को हातबाट रेग्मीलाई दिइएको छ । रेग्मीलाई क्षतिपूर्ति दिलाउन कम्पनीसँग कानूनी लडाई लडेका ओन्सुरिया म्यानेजमेन्टका प्रबन्ध निर्देशक दातो जिमी ताइ र कार्यकारी निर्देशक दातो अन्ना लिमसमेत उनीसँगै नेपाल आएका थिए!

ADVERTISE

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light