Friday, May 17, 2013

'शिक्षकले यौन दुर्व्यवहार गरे'

'शिक्षकले यौन दुर्व्यवहार गरे'
police४ जेष्ठ,
              महानगरीय प्रहरी परिसर भक्तपुरले विद्यार्थीलाई दुर्व्यवहार गर्ने शिक्षकलाई शुक्रबार सार्वजनकि अपराध अन्तगर्त मुद्धा चलाएर अनुसन्धान सुरु गरेको छ । बालकोट स्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयका कम्प्युटर शिक्षक श्याम कायस्थले यौन दुर्व्यवहार गरेको भन्दै विद्याथीले शुक्रबार कारबाहीको माग गर्दै प्रहरी कार्यालय पुगेका थिए । १० कक्षामा पढने १३ जना छात्राले शुक्रबार विद्यालय पोशाकमै महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका छन् । कक्षा १० मा अध्यनरत छात्राहरुलाई बालकोट चोक स्थित कायस्थको क्रियटिभ कम्प्युटर सेन्टरमा एक्लाएक्लै बोलाएर दुव्र्यबहार गर्ने गरेको उनीहरुको आरोप छ ।
               सेन्टरमा बोलाएर अंगालो मार्ने, चुम्ने, संवेदनसिल अंगमा छुने र चलाउने आरोप लगाए । 'रिजल्टको कुरा गर्नु छ, एक्लै आउनु भन्दै बोलाउथ्यो,' एक छात्राले भनिन, 'अनि ढोका थुनेर तिम्रो बुबा जस्तै हो भन्दै जिउमा सुमसुम्याउथ्यो ।' आफूले भनेको नमाने एसएलसीमा समेत फेल गरिदिने भन्दै धम्क्यउने गरेको उनीहरुको आरोप छ । उनले गरेको दुव्र्यबहार कसैलाई नभन्न धम्की दिने गरेको प्रहरी परिषर पुगेका १३ जना छात्राहरुले बताएका छन् । फरक दिनमा बोलाएर यस्ता गतिविधि गरेपनि विद्यार्थी बीच कुरासाटसाट गर्दैै सबैलाई यस्तै गरेको पाइएको थियो ।
                विद्यालयको कम्प्युटर कक्षामा प्राक्टिकल गर्दा छात्राहरुको हात सुमसुम्याउने, कााधमा हात राखेर छातीसम्म हात लैजाने विद्यार्थीहरुको आरोप छ । विद्यार्थीले दिएको उजुरी र बयानको आधारमा प्रहरीले कायष्थलाई सार्वजनकि अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेको छ । भक्तपुर प्रहरी प्रमुख एसपी दिलिप चौधरीले छानविन भइरहेको बताए ।  अरोपीत कायस्थले विद्यार्थीलाई कडाई गर्दा आफूमाथि झुटो आरोप लगाएको बताए । 'विद्यार्थीको पढाई राम्रो गराउन मैले कडाई गरेको थिए, कक्षामा मोवाईल ल्याउन बन्द गराएको थिए,' उनले भने, 'स्कूलबाट भागेर जान नपाईने तथा अनिवार्य स्कूल आउनु पर्ने नियम बसालेको थिए, त्यसैले मलाई फसाउन उनीहरुले आरोप लगाए ।'

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light