Saturday, May 4, 2013

'बेड सिन त तात्तातै हुन्छ नि'

smitaवैशाख २१ -
 स्मिता थपलिया, अभिनेत्री
नयाँ नायिकाहरूमध्ये स्मितालाई सबैभन्दा 'हट’ भनिन्छ नि, किन ?
मैले अभिनय गरेका चलचित्र तथा मैले निर्वाह गरेका भूमिकाका कारण त्यसो भनिएको होला। पर्दामा म जति नै हट भए पनि वास्तविक जीवनमा सोझी युवती नै हुँ।
कुन-कुन चलचित्रमा हट देखिनुभयो त ?
मैले अभिनय गरेका दुई चलचित्रहरू 'द लाष्ट किस' तथा 'लभ इज लाइफ'मा म हट देखिएकी थिएँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र 'रोमान्स' म थप कामुक देखिएकी छु।
'रोमान्स’ मा त तात्तातो बेड सिन पनि छ भन्ने चर्चा छ नि ?
चलचित्रको कथाले बेड सिन मागेकाले म अभिनय गर्न तयार भएकी हुँ। बेड सिन त तात्तातै हुन्छ नि। सामान्य भयो भने दर्शकले कसरी मनोरञ्जन गर्ने ?
यौनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
यो एउटा प्राकृतिक प्रक्रिया हो। नेपाली समाजमा विवाहपछि मात्र यौनको अनुभव गर्नु पर्छ भनिएको छ। म पनि यो कुरामा विश्वास गर्छु।
तर युवापुस्ताले त यौनलाई असाध्यै हल्का रूपमा लिन्छ नि त ?
युवापुस्ताले यौनलाई जति नै हल्का रूपमा लिए पनि मलाई विवाहअघिको त्यस्तो सम्बन्धमा विश्वास छैन। चलचित्रमा जति नै कामुक देखिए पनि वास्तविक जीवनमा म आफूलाई सम्हाल्न सक्ने स्वभावकी युवती हुँ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light