Wednesday, May 15, 2013

क्यान्सर निको भएपछि बेस्सरी रोइन् मनिषा..

manisha koirala good look        क्यान्सर निको भएपछि बेस्सरी रोइन् मनिषा..   
             आफु क्यान्सरबाट पुर्णुरुपमा मुक्त जानकारी दिँदै बलिउडकी चर्चित अभिनेतृ मनिषा कोइरालाले प्रशंसकलाई खुसी पारेकी छिन्। फेसबुकमा पोस्ट अपडेट गर्दे मनिषाले आफू क्यान्सरबाट मुक्त भएको सुन्दा बेस्सरी रोएको बताएकी हुन्।उनले पुर्णरुपमा स्वस्थ्य हुनको लागि अझै लामो यात्रा तय गर्न बाँकी रहेको उल्लेख गरेकी छिन् र त्यो दिन पनि आउने विश्वास व्यक्त गरेकी छिन्। क्यान्सरबाट मुक्त हुनुलाइ उनले पुर्नजन्म भन्दै  आफ्नो स्वास्थ्यको लागी प्राथना गरिदिने सवैलाई धन्यवाद समेत दिएकी छिन् ।
             ४२ वर्षिय की सुन्दर तथा क्षमतावान मानिएकी नेपालकी बलिउड अभिनेतृ गत वर्षको डिसेम्बरमा क्यान्सर लागेको पुष्टि भएपछि पहिले मुम्बइको जसलोक अस्पताल र त्यसपछि अमेरिकामा उपचार गराएकी थिइन् ।त्यसयता उनि क्यान्सर विरुद्ध संघर्षरत थिइन् । मनिषाले '१९४२-अ लव स्टोरी', 'दिल से', 'सौदागर', 'मन' जस्ता चलचित्रमा जिवन्त अभिनय गरेर बलिउडमा राम्रो स्थान बनाएकी थिइन्।
          चलचित्रमा सफलता हासिल गरेपनि प्रेम र विवाहमा भने मनिषा कहिले सफल भइनन्। उनका केही प्रेमीसंग विछोड भएको थियो। उनको वैवाहिक जीवन पनि सुखद रहन सकेन्। उनले केही समय अघि मात्रै सम्राट दाहालसंग छुट्टिएकी थिइन्।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light