दाङ जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ती अञ्चलको सबैभन्दा सुगम एवं विकसित जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन्। विभिन्न धरातलीय बनावटले घेरीएको यो जिल्ला समुद्र सतहदेखि २१३ मीटर उचाइबाट शुरु भई २०५८ मीटर उचाइसम्म फैलिएको छ। यो जिल्लाको कूल क्षेत्रफल २९५५ वर्ग किलोमीटर रहेको छ। यस जिल्लको पूर्व पश्चिम लम्बाई ९० कि.मी.र उत्तर दक्षिण चौडाइ ७२ कि.मी.छ। यस जिल्लामा कूल ३९ गाउँ विकास समिति र २ नगरपालिका छन्। यस जिल्लको सबै भन्दा कम उचाइ भएको ठाउँ सिसहनिया गा.वि.स.अन्तरगत पर्ने भानपुर हो, जुन समुद्र सतहदेखि २१३ मीटर उचाइमा रहेको छ। त्यस्तै यस जिल्लको सबैभन्दा अग्लो उचाइमा रहेको ठाउँ हाँसीपुर गा.वि.स.अन्तर्गत पर्ने अर्खले हो, जुन समुद्र सतहदेखि २०५८ मीटरको उचाइमा रहेको छ।भित्रि मधेशमा पर्ने यो उपत्यका उत्तरमा महाभारत र दक्षिणमा चुरे पहाडले घेरिएको छ। दङ्गालीहरूले यो एसियाकै ठूलो उपत्यका हो भन्ने गरेको सुनिन्छ तर यसको वास्तविकता पुष्टि हुन बाँकि छ। दाङ जिल्लामा उपत्यका लगायत देउखुरी पनि पर्दछ। दाङमा उल्लेख्य संख्यामा थारुहरू बस्दछन्। पहिले औलो लाग्ने भएकोले दाङमा थारुहरूको मात्र बस्ति थियो। तर औलोको औषधि हुन थालेपछि बिभिन्न जातका मान्छेहरू बसाई सरे। बसाइ सर्नेहरूलाइ साधारणतया पहाडी वा पहाडिया भन्ने गरिन्छ। अहिले दाङमा थारुहरू अल्पसंख्यकमा पर्दछन्। कतिपय मानिसहरू दाङमा पहिले थारु राज्य थियो भन्दछन्।
| अञ्चल: | राप्ती |
|---|---|
| सदरमुकाम: | घोराही |
| क्षेत्रफल: | २,९५५ वर्ग कि.मि. |
| गाविस संख्या: | ३९ |
| नगरपालिका(हरू): | घोराही, तुल्सीपुर |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ५ |
| भौगोलिक अवस्थिति: | भित्री मधेश |
| सबैभन्दा अग्लो उचाई: | मिटर |
| सबैभन्दा होंचो उचाई: | मिटर |
| प्रमुख जातिहरू: | थारू, ब्राह्मन, क्षेत्री आदि |
| प्रमुख भाषाहरू: | नेपाली, थारू , अबधी आदि |
| मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
प्रमुख नदी र तालहरू |
- प्रमुख नदीहरू: राप्ती र बबई
- प्रमुख तालहरू: बाह्रकुने दह, चरिङ्गे दह, ज्यामिरे ताल, तत्त्व कुण्ड, भोटे दह, जखेरा ताल, पुरन्धारा झरना आदि।
चौघेरा रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, धारपानी मन्दिर, बराह मन्दिर, गढीटाकुरा मन्दिर, कालिका-मालिका, सुदय रामेश्वर मन्दिर, बगारबाबा मन्दिर, रिहार, देवीकोट मन्दिर,मन्थोर्या मन्दिर आदि।
व्यापारिक महत्वका स्थानहरू
घोराही, तुलसीपुर, लमही, भालुबाङ, नारायणपुर, कोइलाबास आदि
भौगोलिक अवस्थिति
- अक्षांश: २७.३७" उत्तर देखि २८.२९" उत्तरसम्म
- देशान्तर: ८२.२" पूर्व देखि ८२.५४" पूर्वसम्म
- सिमाना: पूर्व कपिलवस्तु अर्घाखाँची र प्युठान, पश्चिम बाँके र सुर्खेत, उत्तर सल्यान र रोल्पा, दक्षिण भारतको उत्तर प्रदेश
- क्षेत्रफल: २९५५ वर्ग कि.मी.
- औषत लम्बाइ: ९० कि. मी.
- औषत चौडाइ: ७० कि.मी.
- भौगोलिक विभाजन: पहाडी गा.वि.स.: हाँसीपुर, लोहारपानी, काभ्रे, सैघा, र स्यूजा , भित्री मधेशः अन्य ३४ गा.वि.स. र २ नगरपालिका
- सबभन्दा अग्लो भाग: हाँसीपुर गा.वि.स. अर्खले (समुन्द्र सतहदेखि २०५८ मी. उचाईमा)
- सबभन्दा होँचो भाग: सिसहनिया गा.वि.स. (भानपुर समुन्द्र सतहदेखि २१३ मी। उचाइमा)
Post a Comment