Friday, January 3, 2014

आजको राशिफल,

आजको पञ्चाङ्ग र राशीफल
२०७० साल पौष २० गते शनिबार,

आजको पञ्चाङ्ग
आज मिति २०७० साल पौष २० गते शनिबार, तदनुसार
जनवरी ४ सन् २०१४, श्रीशाके १९३५, नेपाल संवत् ११३४,
पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन्।

हेमन्त ऋतु चल्दै छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष
चलिरहेको छ । शौरमान अनुसार आज पौषशुक्लपक्षको
तृतीया तिथि ८ घटि २६ पला अर्थात बिहानमा १० बजेर
१९ मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथि लाग्नेछ ।

आज सूर्य धनु राशिमा रहेको छ भने चन्द्रमा मकर राशिमा
२७ घटि ४५ पला अर्थात साँझ ६ बजेर ३ मिनेटसम्म
त्यसउप्रान्त कुम्भ राशिमा प्रवेश गर्नेछ । आज दिनमान
२६ घटि ० पलाको रहनेछ ।

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५७ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विद्यामा प्रगति हुनेछ, प्रेम प्रसङ्ग सफल रहनेछ,
यात्रा फलदायी, आर्थिक वृद्धि हुन सक्ने, दिन शुभ छ।
~
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टमित्रसँग
भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो छ।
~
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानिको योग
रहेकोछ, अपजस आइलाग्ने, मानसिक असन्तोष दिन
खराब छ ।
~
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यात्रा असफल, खानामा गडबढी हुन सक्ने, कार्य
अधुरा रहनेछन, छोराछोरीले सताउने, वायू
रोगको संक्रमण हुनेछ ।
~
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश
कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ, दिन
शुभ छ ।
~
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समाजमा झगडा बढ्नेछ, इज्जतमा आँच आउने, मन
चञ्चल रहनेछ, पेट रोग लाग्ने, सतर्क रहनुहोला ।
~
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने,
पेट वा कम्मर रोगले सताउने, चिन्ता पर्ने समाचार
सुन्नुपर्ला ।
~
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शैक्षिक तथा सामाजिक प्रगति हुनेछ, प्रेमप्रसँग सुमधुर
रहनेछ, आदर सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।
~
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने,
काम अधुरा रहनेछन, स्वास्थ्य राम्रै रहेपनि मनमा
अशान्ति हुनेछ ।
~
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शत्रुमाथि विजय हुने, घरमा नयाँ चहलपहल, धनलाभ हुन
सक्ने, सबै काममा सफलता, समयको सदुपयोग
गर्नुहोला ।
~
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मानसिक पीडा थपिनेछ, प्रेममा विछोड हुन सक्नेछ,
आयश्रोत घट्ने, पारिवारिक झमेलाले
पेशाप्रति रुचि घट्नेछ ।
~
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धन प्राप्ति, सबै प्रकारको कार्यमा सफलता मिल्ने,
हर्ष र खुशीका समाचार सुन्नुपर्ला,साथीभाइको सहयोग
पाइनेछ ।

आजको साइत:
आज काल योग परेकाले कुनैपनि दिशाको यात्रा नगर्दा नै
राम्रो हुनेछ ।
~
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७० साल पौष २० गते शनिबार बिहान ६:५७
बजेदेखि ८:२७ बजेसम्म काल बेला, बहानमा ८:२७
बजेदेखि ९:५७ सम्म शुभ बेला, बिहानमा ९:२७
बजेदेखि ११:२७ बजेसम्म रोग बेला, बिहानमा ११:२७
बजेदेखि १२:५७ बजेसम्म उद्वेग बेला, बिहान १२:५७
बजेदेखि दिनमा २:२७ बजेसम्म चर बेला, दिनमा २:२७
बजेदेखि ३:५७ बजेसम्म लाभ दिनमा ३:५७ बजेदेखि ५:२७
बजेसम्म अमृत साँझ ५:२७ बजेदेखि ६:५७ बजेसम्म काल
बेला रहनेछ ।
~
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा
अमृत सबैभन्दा राम्रो मानिन्छ,

त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय:
बिहानमा ९:०० बजेदेखि १०:३० बजेसम्म राहुकाल रहने
छ।

यो समय भित्र यात्रा, लेनदेन,ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light