Saturday, May 25, 2013

सौन्दर्यका लागी दुध अति आबश्यक

    सौन्दर्यका  लागी दुध अति आबश्यक    
              
                     दूध र दूधबाट बनेका क्रिम, मख्खन, दही, मही आदिको प्रयोगले छालालाई स्वस्थ र सुन्दर बनाउन सकिन्छ। दूधबाट बनेका लोसनले छालाको नियमित हेरचाह गरे छाला सफा, नरम, कोमल, उज्यालो र दागरहित बन्छ। दूधमा हुने ‘ल्याक्टिक एसिड’ले छालालाई सफा राख्न मद्दत गर्छ। यसले चिल्लो पदार्थ हटाई छालालाई चम्किलो र नरम बनाउँछ। दहीको प्रयोगले छालामा टाँसिएका धुलो, मैले, चिल्लो र दूषित पदार्थ हटाउन सकिन्छ। यसले रोम छिद्रहरू खुला गरी ताजा हावा पुर्‍याउन मद्दत गर्छ र छालामा ताजापन र स्फूर्ति आउँछ। ओठ फुट्यो भने नौनी वा दूधको तर लगाउनुपर्छ। चिल्लो छाला भएमा दही वा महीले मुख धुनुपर्छ। सुक्खा छालामा मख्खन, घिउ आदि दल्ने गरिन्छ। कपाल सुक्खा भएमा दूध मिसाएर मेहदी लगाइन्छ। चाया भएमा दही लगाइन्छ। अनुहारमा चमक ल्याउन दूधले मुख धोइन्छ। यसरी सौन्दर्यका अनेक प्रसाधनमा दूधलाई प्रयोग गर्न सकिन्छ। दूधको प्रयोगले छाला र कपाललाई सुन्दर र स्वस्थ बनाउन सकिन्छ। 
  •  मुसुरोको दालको पाउडरमा दूध मिसाएर लेप लगाउनाले चाया, पोतो कम हुँदै जान्छ। 
  •  कान्तिहीन, पहेँलो र निलो छालामा दूध र कागतीको रस मिसाएर धुने गर्नाले अनुहार उज्यालो बन्छ।
  •   सुक्खा छाला भएमा केराको गुदीमा मह र क्रिम मिसाएर फेस प्याक लगाउनाले फाइदा गर्छ। 
  •  चिल्लो छाला भएमा महीले सफा गर्नाले चिल्लोपन कम हुन्छ। 
  •  जौको पिठोमा केराको वा मेवाको गुदी र दूध मिसाएर लगाउनाले अनुहारको छाला चाउरीरहित हुन्छ।
  •   नौनीमा अलिकति बेसार र कागतीको रस मिसाएर लगाउनाले छालालाई चिल्लो, नरम बनाउनुका साथै घामबाट बढेका छालालाई पनि शीतलता प्रदान गर्छ। –> 
  •  दूध र मह मिसाएर हल्का तातो बनाई शरीरमा लगाउनाले छाला मुलायम र चम्किलो हुन्छ।
  •   मेकअप हटाउँदा दूध वा क्रिमको प्रगोग गर्न सकिन्छ। 
  •  दूधले अनुहारमा मालिस गरी मनतातो पानीले धुने गर्नाले छालामा लाली चढ्छ।
  •  मख्खन वा घिउ फुटेको भागमा लगाउनाले निको हुँदै जान्छ।
  •   ठूलो बदामको पाउडर र दूधको मिश्रण लगाउनाले आँखा वरिपरिको कालो कम हुन्छ। 
  •  ओठ फुटेमा गुलाबको फूल पिसेर मह र दूधसँग मिसाएर लगाउनाले नरम र रातो ओठ बन्छ। 
  •  पिठोको चोकर र दूध मिसाएर स्क्रब पारेर शरीरमा मल्नाले मृत छाला हटेर नरम र सफा बन्छ। 
  •  फेस प्याक पुछ्दा दूधको प्रयोग गरेर हटाउन सकिन्छ। 
  •  दूध र मेथीको लेपले कपाल झर्न रोक्छ। –>
  • • अमिलो दहीको प्रयोगबाट कपाल र छालाको चिल्लोपन हट्छ।
  • • भान्सामा काम गर्दा नौनी वा घिउ अलिकति हातमा दल्दा हात फुट्दैन। नङलाई पनि बलियो बनाउँछ। 
  •  दूध र दूधजन्य पदार्थको प्रयोगबाट छाला र कपाललाई सफा राख्न, पोषण गर्न, सुरक्षा र सौन्दर्य वृद्धि गर्न मद्दत मिल्छ।

No comments:

Post a Comment